स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न टोली परिचालन गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि सातवटै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक प्रदेशमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार नर्सिङ कर्मचारीका समस्यासहित तलब तथा सेवासुविधासम्बन्धी, जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्थालगायत क्षेत्रमा भएका समस्याबारे अध्धयन गरी समाधानका गर्नका विकल्प पहिल्याउन उक्त टोली खटाइने छ ।
उक्त टोलीले समस्या समाधानका लागि सङ्घीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायको समन्वयमा छलफल तथा सहजीकरण गर्नेछ ।
यस्तै मन्त्रालयले मातहतका विभाग, केन्द्र र महाशाखालाई परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रको क्षेत्रगत सुधार गर्न सम्बन्धित कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गर्न भनिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उल्लेख गरे ।

ती निकायलाई अल्पकालीनरतत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरुवात हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) सूची पठाउन निर्देशन दिइएको उनले जानकारी दिए ।
मन्त्रालय मातहतका विभाग तथा सङ्घीय अस्पतालबाट हुने सार्वजानिक खरिद प्रक्रिया, औषधि दर्ता प्रक्रियालाई पारदर्शी र जनमैत्री बनाउन निर्देशन दिइएको उनले बताए ।
मन्त्रालय मातहतका निकायबाट सम्पादन कार्यको बारेमा आउने गुनासाका तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको उनले उल्लेख गरे ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया