Techie IT
  • सोमबार, कात्तिक १०, २०८२ / Monday, October 27, 2025
गृहपृष्ठप्रदेशधनगढीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित (फोटोफिचर)

धनगढीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित (फोटोफिचर)


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका सँगै गोदावरी नगरपालिकाको अत्तरीया संचालित निजी क्षेत्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु बिगत २ दिन देखि आन्दोलनमा उत्रिएका छन् ।

अस्पताल सञ्चालकहरूले न्यूनतम पारिश्रमिक समेत नदिएर श्रम शोषण गरिरहेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।

न्यूनतम पारिश्रमिकको माग गर्दै अस्पतालमा कार्यरत नर्सिङ कर्मचारी ,सामान्य चिकित्सा , फार्मेसी सँगै प्रयोगशाला बिभागमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् ।

आन्दोलनरत स्वास्थ्यकर्मीहरुले न्यायोचित मागको समर्थन सँगै कार्यान्वयनको लागि सामाजिक बिकास मन्त्री सँगै प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ गते नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको सुविधा सम्बन्धमा पाँच बुँदे पत्राचार गरेको छ। तर निजी अस्पतालहरूले कुनै पनि बुँदा कार्यान्वयन नगरेको आन्दोलित स्वास्थ्यकर्मीहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार नघट्ने गरी लागु गर्न, तोकिएको समयभन्दा बढी समय काममा लगाएर अतिरिक्त भत्ताको व्यवस्था गर्न र कर्मचारीसँग करार सम्झौता गरेर मात्रै काममा लगाउन निर्देशन दिएको छ।

यस्तै, शैक्षिक प्रमाणपत्र कार्यालयमा नराख्न, काम छोडेर जाँदा अनुभवको पत्र दिन र तलब बैङ्किङ प्रणाली मार्फत उपलब्ध गराउन निर्देशन दिएको छ।

तर निजी अस्पतालहरूले यी निर्देशनको पालना नगरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। जसका कारण आन्दोलनमा उत्रनु परेको उनीहरूले बताएका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

error: Content is protected !!