काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त गर्ने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ ।
लक्षित वर्गका लागि उपचार प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न थालिएको हो ।
आज कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ ।
कक्षमा नर्सिङ विषय अध्ययन गरेका तीन जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक कामपाले उपलब्ध गराउनेछ ।
उक्त कक्षबाट कामपाको अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्याउने काम हुने कामपा स्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिए ।
महानगरले विसं २०८० फागुन १ गतेदेखि लक्षित वर्गका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यसमा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नेछन् ।
लक्षित वर्गले तीन वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त सकिने कामपाले जनाएको छ ।
“पहिलो विपन्न परिचयपत्र छ भने सिधैँ अस्पतालमा जान सकिन्छ । दोस्रोमा विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन्”, कामपा स्वास्थ्य विभागका प्रमुख केसीले भने ।
अहिलेसम्म उक्त सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाडजोर्नीको, नाक, कान र घाँटीजस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीले अपरेसनको सुविधा लिइरहेका छन् ।
यस्तै जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाशसम्बन्धी समस्याको उपचार, मूत्र प्रणाली तथा पिसासम्बन्धी सेवा उपलब्ध भइरहेको जनाइएको छ । कामपाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया आबद्ध भएका छन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया