कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन
विराटनगर । कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ ।
गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले उक्त क्लिनिक सञ्चालनका ल्याएको अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रुणा झाले जानकारी दिईन् । उनले क्लिनिकमा जेनजी प्रदर्शनका क्रममा घाइते भएकाको लागि छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने समन्वयात्मक प्रणाली भएको बताईन् ।
परिचयपत्र प्राप्त गरेका घाइते अस्पतालमा आएपछि उनीहरूलाई जेनजी क्लिनिकमार्फत सेवा प्रदान गरिने जनाइएको छ ।
क्लिनिक सञ्चालनका लागि अस्पतालले पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा अर्थोपेडिक विभाग प्रमुख डा महेन्द्रप्रसाद महतो सहित मेडिसिन विभाग प्रमुख डा सुनिलबाबु खनाल, सर्जिकल विभागका मेडिकल अधिकृत डा क्षितिज गिरी, अ.न.नि. तथा ओपिडी इञ्चार्ज नविता शर्मा र सिअहेव अधिकृत (सम्पर्क व्यक्ति) कामेश्वर परिहस्त सदस्य सचिवका रूपमा रहेका छन् ।
उक्त समितिमार्फत अस्पतालमा आउने घाइते बिरामीहरूको छिटो उपचारका लागि समन्वय, व्यवस्थापन तथा आवश्यक सुविधा उपलब्ध गराउने काम गरिने अस्पतालले जनाएको छ । समितिले अस्पतालका विभिन्न विभागसँग मिलेर बिरामीहरूको उपचार प्रक्रिया सहज र छरितो बनाउन आवश्यक योजना तयार पार्नेछ ।
मेसु डा झाले भनिन् ,“यो हाम्रो नियमित अस्पताल सेवामा जोडिएको एउटा समन्वयात्मक प्रणाली हो, जसले जेनजी आन्दोलनका घाइतेहरूलाई सम्मानका साथ छिटो उपचार दिलाउन मद्दत गर्नेछ। ” स्वास्थ्य मन्त्रालयको पत्राचारपछि देशभरका प्रमुख अस्पतालहरूमा यस्तो व्यवस्था सुरु गरिएको हो ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया