Techie IT
  • बिहीबार, भदौ २६, २०८२ / Friday, September 12, 2025
गृहपृष्ठपोषण तथा खाद्य सुरक्षाबालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु


धनगढी । बच्चाको स्वास्थ्य र समग्र विकासका लागि राम्रो प्रतिरोध क्षमता (इम्युनिटी) अत्यन्त महत्वपूर्ण हुन्छ। राम्रो प्रतिरोध क्षमता भएको बच्चा सामान्य रोगहरूबाट सजिलै बच्न सक्छ र छिटो स्वस्थ हुन सक्छ ।

त्यसैले, अभिभावकहरूले बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ ताकि तिनीहरूको शरीर रोगसँग लड्न सक्षम बनोस् ।

प्रतिरोध क्षमता के हो ?

प्रतिरोध क्षमता भनेको हाम्रो शरीरको रोगसँग लड्ने क्षमता हो । जब शरीरको प्रतिरोध क्षमता राम्रो हुन्छ, तब शरीर भित्र पस्ने भाइरस, ब्याक्टेरिया र अन्य संक्रमणहरूलाई सजिलै परास्त गर्न सक्छ ।

बच्चाको प्रतिरोध क्षमता बढाउन मद्दत गर्ने मुख्य खानेकुरा

१. फलफूल

  • फलफूलमा भिटामिन सी र एन्टिअक्सिडेन्टहरू धेरै हुन्छन् जसले प्रतिरोध क्षमता बढाउँछन् ।
  • सुन्तला, कागती, अमला, सुन्तला, स्ट्रबेरी आदि विटामिन c को उत्कृष्ट स्रोत हुन्।
  • फलफूलले शरीरलाई संक्रमणसँग लड्न सहयोग पुर्‍याउँछ ।

२. तरकारीहरू

  • तरकारीहरूमा भिटामिन ए ,सी, इ र विभिन्न खनिजहरू पाइन्छ ।
  • गाजर, कुम्रा, पालुङ्गो, बन्दगोभी, फूलगोभी जस्ता तरकारीहरू शरीरलाई बलियो बनाउँछन् ।
  • यी तरकारीहरूले शरीरको श्वेत रक्त कण (इम्युन सेल) उत्पादनमा मद्दत गर्छन् ।

३. दूध र दुग्धजन्य पदार्थहरू

  • दूध, दही र पनीरले क्याल्सियम मात्र होइन, प्रोटिन र प्रोजायोटिक्स पनि प्रदान गर्छन् ।
  • दहीमा पाइने प्रोजायोटिक्सले आन्द्रालाई स्वस्थ राख्छ र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ।

४. प्रोटिनयुक्त खानेकुरा

  • प्रोटिनले शरीरका कोषहरू मर्मत गर्छ र नयाँ कोशिका उत्पादनमा सहयोग गर्छ ।
  • मासु, माछा, कुखुरा, दाल, चना, सिमी, अण्डा लगायत प्रोटिनका स्रोत हुन् ।
  • विशेषगरी अण्डाको सेतो भाग बच्चाका लागि पोषणयुक्त हुन्छ ।

५. बादाम र अखरोट

यस्ता सुक्खा फलामा ओमेगा-३ फ्याटी एसिड र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छन् ,जसले मस्तिष्क विकासमा मद्दत गर्छ र रोग प्रतिरोध क्षमता बढाउँछन् ।

६. अदुवा, खुर्सानी र बेसार

यी प्राकृतिक मसालाले शरीरको रक्त परिसंचरण राम्रो बनाउँछन् र रोगसँग लड्न सक्ने क्षमता बढाउँछन्।

७. पानी

शरीरको उचित हाइड्रेशन स्वास्थ्यको आधार हो। बच्चालाई पर्याप्त पानी पिउन प्रेरित गर्नुपर्छ।

-बच्चाको प्रतिरोध क्षमता बढाउनका लागि थप सुझावहरू

  • नियमित व्यायामस् खेलकुद र सक्रियता बच्चाको प्रतिरोध क्षमता बढाउँछ ।
  • समयमै निद्रा: पर्याप्त निद्राले शरीरलाई आराम र पुनः ऊर्जाशील बनाउँछ ।
  • स्वच्छता अपनाउनेस् हात धुनु, सफा वातावरण राख्नु पनि धेरै महत्वपूर्ण छ ।
  • टिका लगाउनुस् समयमै सबै खालका खोप लगाउनु आवश्यक छ ।


तपाईको प्रतिक्रिया

error: Content is protected !!