वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताएका छन् । सोमबार वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उनले उक्त अस्पताललाई सुधार्न राज्यले सबै सुधारका प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पौडेलले भने, “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर वीर अस्पताल हेरे पुग्छ । वीरलाई सुधार्न सकियो भने मात्र स्वास्थ्य क्षेत्रको सुधार हुनेछ । त्यसैले यहाँ आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्मको प्रयास गर्नेछ ।”
उनले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताए । “स्वास्थ्य क्षेत्र सुधार नभएको होइन, तर पूर्ण रूपमा सुधार हुन सकेको छैन । त्यसैले यसमा सबै गम्भीर बन्नुपर्छ”, पौडेलले भने ।
उनले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिए । अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले अस्पतालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्दै बहिरङ्ग सेवा (नयाँ तथा पुरानो) अनलाइनमा समेत गरी छ लाख ४७ हजार २१५ जना, आकस्मिक सेवा ३५ हजार १४१ र अन्तरङ्ग सेवा २१ हजार २२४, शल्यक्रिया सेवा २६ हजार ४४६ ले लिएको जानकारी गराए । अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका उनले बताए ।

अस्पतालमा सघन उपचारका लागि बहु–विशिष्टिकृत ७२ सघन उपचार श्यया तथा ३८ ‘हाइ–डिपेन्डेन्सी युनिट’ रहेका छन् । डा शर्माले वीर अस्पताल देशको गौरवका रूपमा रहेको बताउँदै यस संस्थालाई केन्द्रीय रिफरल तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सबैको एकता तथा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । उनले भने, “अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, स्वास्थ्य बिमा बोर्डबाट समयमै सोधभर्ना नहुनु तथा बढ्दो कमर्चारी परिवर्तनका साथै प्राविधिक जनशक्तिको स्वीकृत दरबन्दीको कमीले अस्पतालमा चुनौती थपिएको छ ।”
विसं १९४६ साउन १२ गते स्थापना भएको यो अस्पताल १५ श्ययाबाट सुरु भएकामा हाल स्वीकृत क्षमता ९६० रहेको छ । अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग तथा तीन वटा क्लिनिकल युनिट ९आँखा स्वास्थ्य, गाइनोकोलोजी, मानसिक रोग०मार्फत आधारभूत, विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
- जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस्”
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया