अस्पतालमै थन्कियो सरकारी लगानी, नि:शुल्क पुग्छन् करोडौंका उपकरण
प्रयोगशालाको शुल्क बढाउने कि उपकरण थन्क्याउने ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका विभिन्न अस्पतालका प्रयोगशालामा राखिएका मेसिनहरू प्रयोगविहीन बन्दै गएका छन् ।
सरकारकै बजेटबाट खरिद भएका मेसिनहरू प्रयोगविहीन भएपछि परीक्षण शुल्क नै बढाउनुपर्ने बाध्यता बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले ४ वटा युरि एनालाइजर खरिद गरेर ४ वटा अस्पताललाई हस्तान्तरण गरेको थियो ।
सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल बझाङलाई दिइएका ती मेसिन प्रयोगमा बेथिति पाइएको हो ।
प्रदेशकै सबैभन्दा बढी नमुना परीक्षण हुने सेती प्रादेशिक अस्पतालमा मेसिन थन्काइएको छ । सेती प्रादेशिक अस्पताललाई सोही प्रकृतिको युरिन एनालाइजर स्वास्थ्य सेवा विभागले समेत दिएको थियो । उक्त मेसिन पनि सञ्चालनमा आउन सकेको छैन ।
प्रयोगशाला इन्चार्ज रमेश शाहीले हालसम्म उक्त मेसिन सञ्चालन नभएको र चलाउने तयारी भइरहको बताए ।
बैतडी जिल्ला अस्पतालले केही समय सञ्चालन गरेपनि हाल उक्त मेसिन बन्द रहको अस्पतालका प्रमुख डा. सुशिल विक बताउँछन् । ‘अहिले तोकिएको दररेटमा मेसिन सञ्चालन गर्न गाह्रो छ,’ उनले भने ।
त्यस्तै, टिकापुर अस्पताल र बझाङ अस्पतालमा रहेको सोही प्रकारको मेसिन सञ्चालन रहेपनि खर्च नै परीक्षण शुल्कले नधानेको अस्पतालको गुनासो छ ।
टिकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश प्रसाद बजगाईंले युरिन एनालाईजर सञ्चालनमा रहेपनि परीक्षण विशेषज्ञ परीक्षणको लागि पुरानो सेवा शुल्क भएकाले सञ्चालन गर्ने की नगर्ने विषयमा छलफल भइरहेको बताए ।
बझाङ जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले पनि न्युन सेवा शुल्क रहेकाले मेसिन सञ्चालनको शुल्क धान्न नसकिरहेको बताए ।
नि:शुल्क पाए, अस्पतालले थन्काए
वि.सं २०८० भदौमा सुदूरपश्चिमका ३ अस्पताललाई करोडौं मेसिन हस्तान्तरण गरिएको थियो ।
कैलालीको अत्तरियामा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानले सुदूरपश्चिमका तीन ठूला अस्पताललाई स्वास्थ सामग्री उपलब्ध पनि गराएको छ ।
अत्तरियामा आयोजित एक कार्यक्रम मार्फत प्रतिष्ठानले सेती, डडेल्धुरा र महाकाली अस्पताललाई झन्डै १ करोड २२ लाख बराबरको सामग्री उपलब्ध गराएको थियो ।
हस्तान्तरण गरिएका उपकरणमा अटोम्याटिक बायोकेमिष्ट्र एनलाईजर, सीएलआईए मेसिन, कल्चर मेसिन र मायोक्रोस्कोपहरू थिए ।
ह्याम्स अस्पतालको सहकार्यमा ल्याइएका उक्त उपकरणहरू अहिले पनि प्रयोगविहीन भएर थन्किएका छन् ।
व्यवसायीबाटै करोडौंका मेसिन नि:शुल्क
टिकापुर अस्पताल गत असारको अन्त्यमा एक व्यवसायीबाट करोडौं पर्ने प्रयोगशाला उपकरण नि:शुल्क लिएको थियो । प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले करौडौं पर्ने प्रयोगशाला उपकरण टिकापुर पठाउने तयारी गरीरहँदा सोही प्रकृतिको प्रयोगशाला परीक्षण गर्ने मेसिन नि: शुल्क अस्पताल पुर्याएका हुन् ।
प्रदेशका अस्पताललाई प्रयोगशालाका उपकरण नि:शुल्क दिई अस्पतालसँगै प्रयोगशाला कर्मचारीसँग सेटिङ गरी बजार दररेट भन्दा महँगोमा रिएजेन्ट खरीद गरी मेसिनको लागत समेत असुल गर्ने गरेका छन् ।
जसकारण अस्पातालसँगै बिरामी समेत आर्थिक मारमा पर्ने गरेको गुनासाहरू सुनिएका छन् ।
टिकापुर अस्पतालका सूचना अधिकारी पदम राज भट्टले प्रयोगशालामा प्रयोग हुने ईन्टिग्रेटेड बायोकेमेष्ट्री लगायतका उपकरण अस्पतालमा दिइएको बताए । उनले भने, ‘रोज कम्पनीका उपकरणहरू डाईग्नोस्टिक फर्ममार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो ।’
प्रयोगशालाको खर्च विवरण नै खुल्दैन
सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका अस्पतालहरुमा प्रयोगशालाको खर्च विवरण सँगै अस्पताल व्यवस्थापन समितिको आम्दानी तथा खर्च मन्त्रालयलाई दिनै आनाकानी गर्ने खुलेको छ ।
उक्त विषय प्रदेशको सामाजिक विकास मन्त्रालय आफैं स्वीकार गर्छ ।
दुई पटकसम्म परिपत्र गर्दा समेत प्रयोगशालामा हुने खर्च र अस्पताल व्यवस्थापन समितिको आम्दानी तथा खर्च विवरण नदिएको मन्त्रालय बताउँछ ।
सामाजिक विकास मन्त्रालयले प्रदेशका अस्पतालहरूका विकास समितिको आम्दानी खर्च सँगै प्रयोगशाला खर्चको मन्त्रीस्तरीय निर्णय गरी आवश्यक कदम चाल्ने जनाएको छ ।
ताजा अपडेट
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया