स्वास्थ्य मन्त्रालयको एक वर्षः सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ ।
सोबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । उनले आधारभूत अस्पताल सञ्चालन, डेङ्गी सङ्क्रमण नियन्त्रण, एचपिभी खोप अभियान, विपद् व्यवस्थापन, आपत्कालीन तयारी, कर्मचारी समायोजनलगायत मुद्दामा तीन तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको बताए ।
मन्त्री पौडेलले मन्त्रालय मातहतको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत दुई हजार १०० नयाँ जनशक्ति थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र एक दर्जनभन्दा बढी नयाँ विधेयकहरू तयारीको अन्तिम चरणमा रहेको बताए । उनले भने,“स्वास्थ्य बिमा प्रणालीमा आमूल सुधार गर्दै अनलाइनबाट बिमाको नवीकरण हुने, दीर्घरोगमा पुनः रिफरको झन्झट हटाउने र बिमा अवधि घटाएर एक महिना बनाउने व्यवस्था मिलाइएको छ ।
क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरीजस्ता आठ प्रकारका जटिल रोगका लागि रु दुई लाखसम्मको सेवा बिमाअन्तर्गत उपलब्ध गराउने व्यवस्था पनि लागू भइसकेको छ ।”

यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सङ्घीय अस्पतालहरूमा दुई सिफ्ट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरिएको छ । सरकारी अस्पतालहरूमा पक्षघात, सिकलसेल एनिमिया, थालसेमिया, हिमोफिलियाजस्ता रोगको औषधि र उपचार सेवा निःशुल्क गरिएको छ ।
स्वास्थ्यमन्त्री पौडेलले जनसङ्ख्यालाई सन्तुलित, व्यवस्थित र समावेशी बनाउने लक्ष्यसहित ‘राष्ट्रिय जनसङ्ख्या नीति २०८२’पारित गरिएको बताए । “आगामी वर्षसम्ममा सुधार अभियानलाई पूर्णता दिँदै नेपाललाई गुणस्तरीय, सुलभ र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने देश बनाउने प्रतिबद्धता गरेर लागिरहेका छौँ । हामीले थालनी गरेका पहलहरू स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारको आधार बन्नेछन्”, उनले भने।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया