स्वास्थ्य मन्त्रालयको एक वर्षः सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ ।
सोबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । उनले आधारभूत अस्पताल सञ्चालन, डेङ्गी सङ्क्रमण नियन्त्रण, एचपिभी खोप अभियान, विपद् व्यवस्थापन, आपत्कालीन तयारी, कर्मचारी समायोजनलगायत मुद्दामा तीन तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको बताए ।
मन्त्री पौडेलले मन्त्रालय मातहतको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत दुई हजार १०० नयाँ जनशक्ति थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र एक दर्जनभन्दा बढी नयाँ विधेयकहरू तयारीको अन्तिम चरणमा रहेको बताए । उनले भने,“स्वास्थ्य बिमा प्रणालीमा आमूल सुधार गर्दै अनलाइनबाट बिमाको नवीकरण हुने, दीर्घरोगमा पुनः रिफरको झन्झट हटाउने र बिमा अवधि घटाएर एक महिना बनाउने व्यवस्था मिलाइएको छ ।
क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरीजस्ता आठ प्रकारका जटिल रोगका लागि रु दुई लाखसम्मको सेवा बिमाअन्तर्गत उपलब्ध गराउने व्यवस्था पनि लागू भइसकेको छ ।”

यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सङ्घीय अस्पतालहरूमा दुई सिफ्ट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरिएको छ । सरकारी अस्पतालहरूमा पक्षघात, सिकलसेल एनिमिया, थालसेमिया, हिमोफिलियाजस्ता रोगको औषधि र उपचार सेवा निःशुल्क गरिएको छ ।
स्वास्थ्यमन्त्री पौडेलले जनसङ्ख्यालाई सन्तुलित, व्यवस्थित र समावेशी बनाउने लक्ष्यसहित ‘राष्ट्रिय जनसङ्ख्या नीति २०८२’पारित गरिएको बताए । “आगामी वर्षसम्ममा सुधार अभियानलाई पूर्णता दिँदै नेपाललाई गुणस्तरीय, सुलभ र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने देश बनाउने प्रतिबद्धता गरेर लागिरहेका छौँ । हामीले थालनी गरेका पहलहरू स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारको आधार बन्नेछन्”, उनले भने।
ताजा अपडेट
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया