हवाई उद्धारले दूर-दराजका गर्भवतीको जीवनरक्षा
बागलुङ । गत शनिबार बागलुङको बुर्तिबाङबाट एकैदिन दुई गर्भवतीलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याइयो । सुत्केरी हुनका लागि प्रादेशिक अस्पतालमा बुर्तिबाङ आउनुभएकी ढोरपाटन नगरपालिका–८ की २३ वर्षीया देवी सुनारको अवस्था नाजुक थियो । ढोरपाटन उपत्यकामा बस्दै आएकी देवीलाई सुत्केरी व्यथा लागेपछि असार २७ गते बर्थिङ सेन्टरमा पु¥याइयो ।
बर्थिङ सेन्टरमा पुग्दा अवस्था जटिल बनेपछि स्वास्थ्यकर्मीले प्रादेशिक अस्पताल बुर्तिबाङमा प्रेषण सेवा (रेफर) गरेका थिए । अघिल्लो दिन ढोरपाटनबाट रेफर भएकीदेवी २८ गते बिहानमात्रै बुर्तिबाङ अस्पतालमा आईन्। अस्पतालका चिकित्सक अविनाश पोखरेलले हतारहतार उनको स्वास्थ्य परीक्षण गरे । स्वास्थ्य परीक्षण गर्दा थाहा भयो की देवीको पेटमा बच्चा खेल्ने पानी सुकेको थियो । यस्तो अवस्थामा आमा र बच्चाको जोखिम हुनेहुँदा तत्काल विकलाई सुविधा सम्पन्न अस्पताल पठाउने निर्णय गरिएको डा पोखरेलले बताए ।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसहित अन्य निकायमा हेलिमार्फत उद्धारको प्रयास गरिरँदा ढोरपाटन नगरपालिका–५ की ३८ वर्षीया हुमी विक अस्पताल पुगिन् । पेट दुखेर उपचारका लागि अस्पताल आएको बताउँदै उनले स्वास्थ्य परीक्षणपछि आफू गर्भवती छु भन्ने थाहा भएको उल्लेख गरीन् ।
डा पोखरेलसहितको विकको स्वास्थ्य परीक्षण गरेसँगै शङ्कास्पद रिपोर्ट आएपछि उनको पिसाब परीक्षण गरियो । “उहाँको डेढ महिनाको बच्चा पाठेघरमा नभएर डिम्बबाहिनी नलीमा थियो । बच्चा पाठेघरभन्दा बाहिर बस्दा डिम्बबाहिनी नली फुटेको थियो । यस्तो अवस्थामा हुमीकोसमेत शल्यक्रिया गर्नुपर्ने हुँदा चिकित्सकले दुवै जनालाई हेलिमार्फत काठमाडौँस्थित पाटन अस्पतालमा पठाएको हो”, उनले भने ।
बुर्तिबाङ अस्पतालमा यस्तै प्रकृतिका समस्या भएका महिला समयसमयमा आइराख्ने अस्पतालकी नर्सिङ निरीक्षक पार्वती अर्यालले बताईन्। देवी र हुमी दुवै जनाको बुर्तिबाङ अस्पतालमा शल्यक्रिया जटिल हुनेहुँदा हेलिमार्फत काठमाडौँ पठाइएको उनले जानकारी दिईन् ।
“अस्पतालमा खासगरी दूरदराजका बिरामी उपचार गर्न आउने गर्छन् । गाउँमा सामान्य क्लिनिकमा उपचार गर्दा निको नभएपछि बल्ल बजार झर्ने गर्छन् । अधिकांश गर्भवती गाउँमा बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेर अटिल अवस्थामा पुगेपछि मात्रै आउने गरेका छन्”, उनले भनिन् ।
उनले भनिन्, “यस वर्ष पनि धेरै गर्भवतीलाई हेलिकप्टरमार्फत पोखरा र काठमाडौँ पठाएका छौँ, कतिपयको यहाँ पनि शल्यक्रिया गरेर बच्चा निकाल्ने गरेका छौँ, यहाँ बढी उपकरण नहुँदा अली जटिल भएकालाई सुविधायुक्त अस्पतालमा पठाउने गरेका हौँ, यस क्षेत्रमा अझै पनि महिला घरमै सुत्केरी हुन्छन्, यहाँबाट पठाइएको दुई जनाको शल्यक्रिया सफल भएको छ, अहिले उहाँहरूको स्वास्थ्य सामान्य रहेको जानकारी पाएका छौँ ।”
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई चालु आर्थिक वर्षदेखि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरी सेवा दिन थालिए पनि अहिलेसम्म त्योअनुसारको सुविधा दिन सुरु भएको छैन । सोही कारणले यहाँबाट जटिल किसिमका गर्भवतीलाई हेलिमार्फत पोखरा काठमाडौँ पु¥याउनुपर्ने बाध्यता छ । बुर्तिबाङबाट मात्रै होइन सिङ्गो गण्डकी प्रदेशका विकट जिल्लाबाट गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै आइएको उनको भनाइ छ ।
“प्रदेशस्थित स्वास्थ्य मन्त्रालयका अनुसार चालु आवको एक वर्षमा ६५ जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूरदराजका गर्भवती बढी छन् । त्यसमध्ये बागलुङ जिल्लाबाट सबैभन्दा बढी गर्भवतीको उद्धार गरिएको छ । यस वर्ष बागलुङबाट मात्रै ३० जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो”, पोखरेलले भने।
सबैभन्दा कम मनाङ र पर्वतबाट उद्धार भएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका मेडिकल रेकर्ड निरीक्षक बुद्धिसागर अधिकारीले जानकारी दिए । उक्त दुई जिल्लामा दुई÷दुई जना गर्भवतीको उद्धार भएको उनको भनाइ छ । अधिकारीका अनुसार म्याग्दीबाट १७, मुस्ताङबाट छ, गोरखाबाट चार र लमजुङबाट चार जनाको उद्धार गरिएको छ । कास्की, नवलपुर, स्याङ्जा र तनहुँ जिल्लाबाट एक जनाको पनिउद्धार गर्न नपरेको अधिकारीले बताए ।
“यस वर्ष गण्डकी उद्धार गरेका अधिकांश गर्भवती दुर्गम ठाउँका छन्, अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा दुर्गम गाउँठाउँका महिलाले नियमित गर्भ परीक्षण नगर्दा एकैपटक सुत्केरी हुनेबेला जटिल समस्या देखिन्छ, त्यसपछि उद्धार गरेर सुविधायुक्त अस्पतालमा पठाउनुपर्ने हुन्छ”, अधिकारीले भने, “बर्थिङ सेन्टर व्यवस्थित गर्ने र सचेतनासम्बन्धी कार्यक्रम गरेर यो अवस्थालाई कम गर्न सकिन्छ, सुगम मानिएका जिल्लामा एक जनाको पनि उद्धार गर्नुपरेको छैन ।”
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको जीवनरक्षा गर्ने जिम्मेवारी सकारको भएकले जटिल अवस्थाका गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गर्दै आइएको बताए । गण्डकी प्रदेशमा धेरै विकट ठाउँ रहेकाले ती सबै ठाउँमा विशिष्टिकृत सुविधा दिने अस्पताल नहुँदा जटिल अवस्थाका गर्भवतीलाई हेलिमार्फत उद्धार गर्नुपरेको उनको भनाइ छ । गण्डकी प्रदेश र सङ्घीय सरकारले नीति तथा कार्यक्रममै हेल उद्धारलाई समावेश गरेको उनले बताए ।
मन्त्री पाठकले भने, “सबै बिरामीको हेलिकप्टरमा उद्धार हुँदैन, जो सुत्केरी हुन नसकेर ज्यान जोखिममा परेका हुन्छ त्यस्ता महिलालाई यो सुविधा दिनुपर्छ, नागरिकको जीवन बचाउने जिम्मा सरकारको हो, सबै ठाउँमा सुविधा सम्पन्न अस्पताल हुँदैन, एकैछिन उद्धार भएन भने अप्रिय घटना हुनसक्छ, कसैको ज्यानै नरहन सक्छ, त्यसले गर्दा सरकारले हेलिकप्टरमार्फत उद्धार गर्ने नीति ल्याएको हो ।”
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया