सुदूरपश्चिम प्रदेशमा स्थानिय सेवा ऐन कार्यान्वयनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघको गम्भिर ध्यानाकर्षण
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको स्थानिय सेवा ऐन कार्यान्वयनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघले गम्भिर आपत्ति ब्यक्त गरेको छ ।
कर्मचारी समायोजन पश्चात स्थानिय तहमा कार्यरत कर्मचारीको संचालन र ब्यबस्थापनको निमित्त ल्याईएको सुदूरपश्चिम स्थानिय सेवा (गठन तथा संचालन) ऐन २०८१ को दफा ९ को उप दफा ४ मा राखिएको समायोजन ऐन बमोजिम संघिय स्वास्थ्य सेवा बाट स्थानिय तहमा समायोजन भएका चौथौं, पाँचौं तथा छैठौं तहमा कार्यरत कर्मचारीहरुको सेवा अबधि यो ऐन प्रारम्भ हुदाँ बखत पाँच बर्ष पुरा भएको भए एक पटक एक तह बृद्धि गरीनेछ, भन्ने प्रावधान प्रति प्रजातान्त्रिक जनस्वास्थ्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
स्थानिय तहको एकल अधिकारको रुपमा रहेको संवेदनशिल आधारभुत स्वास्थ्य सेवाको नेतृत्व गर्ने स्वास्थ्य शाखा÷महाशाखा प्रमुखको जिम्मेवारी चौथो तहमा सुरु नियुक्ती पाएका र साबिककै तहमा काम काज गर्ने गरी सि अ.हे.व छैठौं तह सम्म स्तरबृद्धि भएका कर्मचारीलाई लोक सेवा आयोगको प्रक्रिया र प्रतिस्पर्धा बिना स्वास्थ्य सेवा ऐन २०५३ र यसै स्थानिय सेवा ऐनको पदपुर्ति ब्यबस्था अनुकुल हुने गरी सातौ तह जनस्वास्थ्य अधिकृत पद नाम सहित शाखा/महाशाखा प्रमुख जिम्मेवारी सुम्पेर जनस्वास्थ्य सेवा गुणस्तरमाथि गम्भिर खेलवाड र गैर जिम्मेवारीपना देखिने तवरले एक पक्षिय रुपमा आउनु पूर्वाग्रहपुर्ण हुनु एकदमै दुखद निराहाजनक छ , बिज्ञप्तीमा भनिएको छ ।
यसैगरी, स्थानिय सेवा ऐनमा स्तरबृद्धि सम्बन्धी ब्यबस्थाले शैक्षिक योग्यता , पदसोपान , लोकसेवा प्रक्रिया ,समन्यायिक बृत्तिबिकास कार्यक्षमता र स्वास्थ्य सेवाको गुणस्तर जस्ता कतिपय पक्षमा देखिएको छ । यसका साथै स्थानिय तहको सेवामा कार्यरत कर्मचारीहलाई जथाभावि स्तरबृद्धि तथा पदनाम नगर्न तथा संबिधान र ऐन कानुनको अधिनमा रहि निमयमावली मार्फत आवश्यक प्रबन्ध गर्न/गराउन स्थानिय तह प्रदेश सरकार प्रदेश सभा र सभाका जनप्रतिनिधि लगायत अन्य सरोकारवाला सँग जोडदार माग गरेको छ ।


ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया