नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित
खोटाङ । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।
रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् ।
मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो ।
उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली सेनाले समग्र व्यवस्थापनको जिम्मा लिएको थियो ।
नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै ग्रामीण क्षेत्रका जनतालाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अर्खौलेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख सेनानी लामिछानेले जानकारी दिए ।
आयोजक पक्षका अनुासार स्वस्थ्य शिविरमा आएकामध्ये जटिल रोगबाट पीडित ६० जना बिरामीलाई जिल्ला अस्पताल खोटाङ तथा माथिल्लो निकायमा ‘रिफर’ गरिएको छ ।
यसरी पहिलोपटक आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा आफूहरु हर्षित भएको सेवाग्राहीहरुले बताएका छन् ।
अर्खौले बजारस्थित स्वास्थ्य चौकी प्राङ्गणमा बुधबार आयोजना गरिएको शिविरमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, जिल्ला अस्पताल खोटाङका प्रमुख डा रुपेश सङ्ग्रौला, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौलागाईँ, वडाध्यक्ष अर्जुन पुरी लगायतको उपस्थिति रहेको थियो ।
रणभीम गण मुडे ब्यारेक खोटाङले करिब पाँच महिनाअघि माघमा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
नेपाली सेनाले आफ्ना भूतपूर्व सैनिक तथा परिवारका सदस्यलाई लक्षित गरीे बाक्सिलामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमार्फत एक सय ४५ जना स्थानीय लाभान्वित भएका थिए ।
ताजा अपडेट
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया