नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सर हुने खतरा कम हुने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरुले नियमित रुपमा हुने स्खलनले प्रोस्टेटमा क्यान्सर गराउने तत्व जम्मा हुन नपाउने भन्दै यसले क्यान्सर हुने सम्भावनालाई क मगर्ने बताएका हुन् ।
तर उनीहरुले यौन सम्पर्कबाट हुने स्खलनले हस्तमैथुनले जस्तो सुरक्षा हुन नसक्ने स्पष्ट पारेका छन् । उनीहरुले भनेका छन्, ‘हस्त मैथुनमा संक्रमणको जोखिम हुँदैन तर यौन सम्पर्क गर्दा संक्रमण संकुचन हुने सम्भावना हुन्छ र जसबाट क्यान्सरको जोखिम पनि बढ्न सक्छ ।’
यो अनुसन्धान अष्ट्रेलियामा भएको हो । त्यहाँका अनुसन्धानकर्ताहरुले प्रोष्टेट क्यान्सर भएका एक हजार जना बढी पुरुषहरु र आफ्नो यौन बानी नभएका १ हजार २५० जनालाई प्रश्न गरेका थिए । उनीहरुले २० देखि ५० बर्षका बीचमा सबैभन्दा बढी वीर्य स्खलन भएकाहरुलाई क्यान्सर हुने सम्भावना कम भएको पाए ।
यसअघि गरिएको एक अनुसन्धानले धेरै जनासंग यौन सम्पर्क गर्ने पुरुषहरुमा प्रोष्टेट क्यान्सरको जोखिम ४० प्रतिशतले बढी हुने देखाएको थियो । विज्ञहरु भन्छन्, ‘वीर्य स्खलनले प्रोस्टेट ग्रन्थीमा कार्सिनोजेनहरु जम्मा हुनबाट रोक्न सक्छ ।’ प्रोस्टेट ग्रन्थीमा स्खलनको समयमा वीर्यमा एक तरल पदार्थ प्रदान गर्दछ । जसले शुक्राणुलाई सक्रिय बनाउँछ र तिनीहरुलाई एक साथ टाँस्नबाट रोक्छ ।
मेलवर्नको ला ट्रोब युनिभर्सिटीका अस्ट्रेलियन रिसर्च सेन्टर इन सेक्स हेल्थ एण्ड सोसाइटीका उपनिर्देशक एन्थोनी स्मिथ भन्छन्, ‘यदि यी निस्कर्षहरु रही रहने हो भने पुरुषहरुलाई हस्तमैथुन गर्न प्रोत्साहन दिनु एकदमै उचीत छ ।’
– एजेन्सी
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया