आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
काठमाडौँ । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो ।
संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यो दिवसको उद्देश्य महिला यौनाङ्गछेदनको अन्त्यका लागि भइरहेका प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउनु हो ।
यो दिवसले सबै देशका सरकार, नागरिक समाज, समुदाय, परोपकारी संस्था तथा अन्तरराष्ट्रिय समुदायबाट निरन्तर संलग्नता र लगानीको आवश्यकतामा जोड दिएको छ ।
राष्ट्रसङ्घका अनुसार हाल विश्वभर जीवित २३ करोडभन्दा बढी महिला तथा किशोरी महिला यौनाङ्गछेदनको सिकार भइसकेका छन् र उनीहरूलाई उपयुक्त स्वास्थ्य तथा संरक्षण सेवाको आवश्यकता छ ।
प्रत्येक वर्ष करिब ४० लाख किशोरी यो हानिकारक अभ्यासको सिकार हुने गरेका छन्भने २० लाखभन्दा बढी पाँच वर्ष उमेर नपुग्दै यो पीडाबाट गुज्रिन बाध्य हुने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला यौनाङ्गछेदनविरुद्धको शून्य सहनशीलता दिवसमा महिला तथा किशोरीका अधिकार संरक्षण गर्ने प्रतिबद्धता पुनः नवीकरण गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, “महिला र किशोरीहरू हिंसा र डरबाट मुक्त भएर बाँच्न पाउने सुनिश्चितता हाम्रो साझा दायित्व हो । सँगै मिलेर हामी यो अन्यायलाई सदाका लागि अन्त्य गर्न सक्छौँ ।”
यसैगरी, राष्ट्रसङ्घीय जनसङ्ख्या र बालकोषले पनि प्रत्येक महिला, किशोरी तथा बालिकालाई यौनाङ्गछेदनबाट मुक्त जीवन बाँच्न पाउने सुनिश्चितताका लागि आवश्यक कार्य गर्न विश्व समुदायलाई आह्वान गरेको छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया