मोटोपना भएको कसरी थाहा पाउने ?
बडिमास इन्डेक्स (बिएमआई)द्वारा मानिस मोटो, दुब्लो वा ठिक्कको निक्र्योल गरिन्छ । कुनै मानिसको तौल (किलोग्राममा)लाई उसको उचाइ (मिटरमा) को वर्गले भाग गरी बिएमआई निकालिन्छ । यसको सूत्र हो– kg/m2।
बिएमआई २५ भन्दा बढी भएमा मोटो भएको मानिन्छ । बिएमआई ३० भन्दा बढी भएमा अति मोटो अर्थात् ‘ओबेज’ भनिन्छ ।
अफ्रिका र एसियामा बयस्क व्यक्तिको औसत बिएमआई २२–२३ पाइएको छ भने उत्तरी अमेरिकामा २५–२७ बिएमआई छ । युरोप, ल्याटिन अमेरिका, उत्तरी अफ्रिका र प्रशान्त महासागरीय देशहरूमा पनि उत्तरी अमेरिका सरहको बिएमआई देखिएको छ ।
सामान्तया बयस्क र पाका मानिसको बिएमआई बढेको हुन्छ । १८.५ भन्दा कम बिएमआई भएको व्यक्ति कम तौल भएको वर्गमा पर्दछ ।
विकसित देशमा बिएमआई बढ्दो छ र केही अध्ययनले जनाए अनुसार बाल्यकालमा कुपोषित रहेको तर बयस्क अवस्थामा मोटोपना भएको व्यक्तिमा उच्च रक्तचाप, मुटुको रोग र मधुमेह हुने खतरा हुन्छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया