‘सिएमसी क्यान्सर इन्स्टिच्युट’द्वारा स्तन क्यान्सरको निःशुल्क परीक्षण सुरु
चितवन । विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले निःशुल्क रुपमा स्तन क्यान्सरको परीक्षण सुरु गरेको छ ।
हरेक वर्ष ‘अक्टोबर’ महिनामा विभिन्न कार्यक्रमसहित विश्व स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइने गरेको सन्दर्भमा सो इन्स्टिच्युटले यसरी निःशुल्क स्वास्थ्य परीक्षण थालनी गरेको जनाएको छ ।
सिएमसीसम्बद्ध सो इन्स्टिच्युटले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी स्तन (ब्रेष्ट) क्यान्सरसम्बन्धी जनचेतना जगाउने, समयमै रोगको पहिचान र उपचार गर्ने, स्तन क्यान्सरबाट हुने धनजनको क्षति न्यूनीकरण तथा नियन्त्रण गर्न सघाउन पु¥याउने उद्देश्यले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण सुर गरेको स्पष्ट गरेको छ ।
सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले ‘अक्टोबर’ महिनामा स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरङ्ग सेवाअन्तर्गतको टिकट निःशुल्क गरिएको जानकारी दिँदै सामाजिक उत्तरदायित्वलाई समेत दृष्टिगत गरी अस्पतालले जनचेतनामूलक कार्यक्रमसहित यसरी निःशुल्क सेवा प्रदान गरेको बताए ।
उनले भने, “तालिमप्राप्त स्वास्थ्यकर्मीबाट स्तनमा गाँठागुँठी छ, छैन भन्ने पहिचान गरी स्वास्थ्य परीक्षण गरिन्छ । शङ्कास्पद देखिएका बिरामीलाई थप परीक्षणको समेत व्यवस्था मिलाइएको छ । विशेष उपकरणमार्फत स्तनको क्यान्सर भए,नभएको पत्ता लगाउने परीक्षण विधि ‘मेमोग्राम’ र भिडियो एक्सरेतर्फ ५० प्रतिशत छुट दिईने छ।”
स्तन आफैँले छामेर समेत गाँठागुँठी छ, छैन पत्ता लगाउन सकिन्छ भन्दै अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा सुदीप थापाले स्तनमा गाँठागुँठी छन् भने एकपटक राम्रोसँग परीक्षण गर्न सुझाव दिए । विशेषगरी ३० वर्षमाथिका महिलाले हरेक वर्ष कम्तीमा एकपटक स्तनको परीक्षण गर्नुपर्ने उनका सुझाव थियो ।
डा थापाले भने, “क्यान्सर रोगको हकमा जति छिटो पहिचान गर्न सकियो उति छिटो निको हुन्छ । यसको निको हुने दर पनि उच्च रहेको छ, नियमित परीक्षण गर्न र समस्या देखिए समयमै उपचार गरी सुरक्षित रहन सबैसँग अनुरोध छ । स्तन क्यान्सरको नियमित जाँचसहित पहिचन र उपचारका पक्षमा सक्दो सहयोग गर्न सिएमसी अस्पताल तयार छ ।”
सिएमसी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सुवास ठाकुरले शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी गरी तीन विधिबाट क्यान्सर रोगको उपचार गर्न सकिने बताए ।
स्तन क्यान्सर पहिचान भइसकेपछि तीन वटै विधाका चिकित्सकहरुको छलफलका आधारमा कुनै एक विधि अपनाएर उपचार प्रक्रिया सुर हुने उनले स्पष्ट गरे ।
यस वर्ष “हरेक कथा अद्वितीय छ, हरेक यात्राको अर्थ छ”, भन्ने नाराका साथ विश्व स्तन क्यान्सर सचेतना महिनाका रुपमा विभिन्न कार्यक्रम गरी मनाइने भएको पत्रकार सम्मेलनमा बताइएको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया