कोशी अस्पतालको पोषण पुनःस्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त
विराटनगर। कुपोषित बालबालिकाको स्वास्थ्य पुनःस्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पु¥याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनःस्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ ।
दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् । यस केन्द्रले कोशी प्रदेशका विशेषगरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ ।
विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनःस्थापना केन्द्रबाट एक हजार ८७२ कुपोषित बालबालिकाले उक्त सेवा लिइसकेका छन् ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा रुणा झा अस्पतालमा सञ्चालित पोषण पुनःस्थापना केन्द्रको उद्देश्य कुपोषित बालबालिकाको स्वास्थ्य पुनःस्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउनु रहेको बताउछन् ।
केन्द्रमा भर्ना भएका बालबालिकालाई चिकित्सकको निगरानीमा सन्तुलित आहार, उपचार र आवश्यक परामर्श प्रदान गरिन्छ । साथै, बालबालिकाको हेरचाहमा संलग्न आमा वा अभिभावकलाई पोषिलो खाना पकाउने, खुवाउने र सरसफाइका व्यवहारबारे व्यावहारिक प्रशिक्षण दिइन्छ ।
“पोषण पुनःस्थापना गृहले बालबालिकाको जीवन मात्र होइन, भविष्य पनि जोगाइरहेको छ, यसले बाल मृत्युदर घटाउन ठूलो सहयोग गरेको छ”, मेसु डा झा भन्छन्, “कुपोषणले बालबालिकाको शरीर मात्र होइन, मानसिक विकासमा पनि असर पार्ने हुँदा समयमा नै उपचार र पोषणको सचेतता अत्यावश्यक छ ।”
पोषण पुनःस्थापना केन्द्रको मापदण्डअनुसार कुपोषण भएका बालबालिका उपचारका लागि अस्पताल ल्याएमा अभिभावकसँग परामर्श गरेर तुरुन्त भर्ना गराई उपचार सुरु गरिने मेसु झाले बताए।
उनले प्रदेशका जुनसुकै ठाउँबाट आएका शीघ्र कुपोषणमा बालबालिकालाई पनि भर्ना गरी एक अभिभावकको साथैमा निःशुल्क उपचार गरिने जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास दुई वर्षभित्र हुन्छ । त्यस उमेरमा पर्याप्त पोषण नपुग्ने हो भने बालबालिकाको भविष्य नै जोखिममा पर्छ ।
नेपालमा कुपोषणको दर केही घट्दो क्रममा छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार कुपोषणका कारण हुने पुड्कोपनको दर घटेर २५ प्रतिशतमा झरेको छ, जुन पाँच वर्षअघि ३६ प्रतिशत थियो ।
केन्द्रकी नर्सिङ इन्चार्ज चन्द्रकला सापकोटा उक्त केन्द्रमा विपन्न परिवारका कुपोषित बालबालिका मात्र होइन, सम्पन्न परिवारका बालबालिका पनि आउने गरेको बताउछन् । “जङ्कफुडका कारण बालबालिका कुपोषित हुने गर्छन्, कतिपयले खाना नपाएर कुपोषित हुनुपरेको छ, यिनै समस्याबीचमा हामी काम गरिरहेका छौँ,” उनी भन्छन्, “आशै मारिसकेका बालबालिकालाई पनि स्वस्थ बनाएर पठाएका छौँ ।”
केन्द्रमा भर्ना भएका बालबालिकामध्ये अधिकांशले सुधार देखाएर घर फर्किने गरेका छन् । “यहाँ भर्ना भएका सबै बालबालिका राम्रोसँग निको भएरै गएका छन्,” इन्चार्ज सापकोटाले भने, “हामी आमाबाबुलाई पनि पोषिलो खाना कसरी पकाउने र खुवाउने भनेर व्यावहारिक सल्लाह दिन्छौँ ।”
केन्द्रकी पोषणविद् जेनिशा दाहाल केन्द्रमा आएका कतिपय बालबालिकाको कुपोषणका कारण केवल खान नपाएर मात्र होइन, खान नजानेर पनि समस्या देखिएको बताउछन् । उनी भन्छन्, “कुपोषण भनेको खाना नपाउनु मात्र होइन, खान नजान्नु पनि हो ।” उनका अनुसार हरियो सागपात, फलफूल, अण्डा, माछा–मासु खान सक्ने अवस्था हुँदाहुँदै पनि गलत खाने बानीका कारण पोषणको समस्या देखिन्छ ।
“सहरमा जङ्कफुडको बढी प्रयोग र गाउँमा पौष्टिक खानेकुरा नपुग्ने अवस्थाले समस्या बढाएको छ,” उनी भन्छन्, “जब एक आमा बुझ्छिन्, तब उनको बच्चा मात्र होइन, सिङ्गो परिवार स्वस्थ बन्छ । त्यसैले हामी अभिभावकलाई घरमै प्रयोग हुने खानेकुराबाट पोषिलो खाना बनाउन सिकाउँछौँ।”
हरिया सागपात, फलफूल, अण्डा र माछामासु खान सक्ने अवस्था हुँदाहँदै पनि गलत खानेकुरा खाने बानीका कारण बालबालिकामा पोषणको कमी हुने गरेको छ । सहरमा जङ्कफुडको बढी प्रयोग र गाउँमा पौष्टिक खानेकुरा नपुग्ने अवस्थाले समस्या बढाएको हो ।
केन्द्रका अनुसार कुपोषित बालबालिकालाई भर्ना गर्नुअघि अस्पतालको बाल रोग विभागमा विशेषज्ञ चिकित्सकद्वारा उनीहरुको तौल र उचाइका आधारमा कुन प्रकारको कुपोषणको समस्या हो भन्ने जाँच गरिन्छ ।
बच्चालाई तत्काल भर्ना गर्नुपर्ने अवस्था देखिएमा कुपोषित बच्चासँगै आमा अथवा कोही अभिभावकको एक सदस्य अनिवार्य रुपमा बस्नुपर्छ । बच्चाको अवस्था हेरेर एक महिनासम्म पोषणयुक्त खानेकुरा खुवाएर पोषणमा सुधार ल्याइने मात्र होइन सो अवधिका अभिभावकलाई घर पुगेर भान्छामा पकाएका खानेकुरालाई कसरी पोषणतत्व कायम राख्नेगरी तयार पार्ने भन्नेबारे पनि सिकाएर पठाइन्छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया