अन्तरराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न
चितवन । तीनदिने दोस्रो अन्तरराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्याको बढ्दो भार र गुणस्तरीय सेवा आवश्यकताको गहिरो खाडल रहेको सम्मेलनले औँल्याएको छ ।
घोषणापत्र जारी गर्दै सम्मेलनले मानसिक स्वास्थ्य समस्याबारे समाजमा व्याप्त कलङ्क र बिरामीमाथि हुने भेदभावको अन्त्य गर्नुपर्नेमा जोड दिए । सबै क्षेत्रमा मानसिक स्वास्थ्य पेसाकर्मीको कमी रहेको घोषणापत्रमा औँल्याइएको छ । जारी घोषणापत्रमा स्वास्थ्यकर्मीमा मानसिक थकान र समस्याको बढ्दो जोखिम तथा जनशक्ति पलायनको समस्या रहेको उल्लेख गरेको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सरकार, सार्वजनिक संस्था तथा गैरसरकारी संस्थाले गरेको प्रयासलाई घोषणापत्रमा सराहना गरिएको छ । सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सेवाको उपलब्धता र संवद्र्धनका निम्ति सरकारलाई दिएको ऐतिहासिक निर्देशनात्मक आदेशको उच्च सराहना एवं स्वागत गर्दै सम्मेलनले नेपालमा मानसिक स्वास्थ्य सेवाको प्रवद्र्धनका काम गर्न सरकारलाई घच्घच्याइएको छ ।
सबै तहका सरकार तथा गैरसरकारी क्षेत्रबीच समन्वय, सहकार्य र सहयोगमा वृद्धि गरी मानसिक स्वास्थ्य सेवासम्बन्धी संवैधानिक अधिकार सुनिश्चित गर्न सम्मेलनले माग गरेको छ । समुदायमा मानसिक स्वास्थ्यका बारेमा सचेतना अभिवृद्धि तथा अधिकार–आधारित मानसिक स्वास्थ्य प्रवद्र्धन, रोकथाम, उपचार र पुनः स्थापनामा सशक्तीकरण गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।
चितवन मेडिकल कलेजमा आयोजित कार्यक्रम नेपाल र अमेरिकालगायतका विदेशमा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थाले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मेलनमा नेपाल, भारत, नर्वे, अमेरिकालगायतका देशबाट ३०० भन्दा बढी सहभागी हुनुहुन्छ । वैज्ञानिक सत्रमा १०० भन्दा बढी शोधपत्र प्रस्तुत गरिएका थिए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया