नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
नुवाकोट । विपद्का कारण प्रभावित बनेका नुवाकोटका नागरिकलाई सहयोग गर्ने उद्देश्यले चितवनबाट गएको नेपाल तरुण दलको टोलीले बेलकोटगढी नगरपालिका–७, लामुसोती गाउँमा राहत सामग्री वितरण गरेको छ।
नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङको नेतृत्वमा गएको टोलीले बाढीबाट प्रभावित तथा आवश्यकतामा रहेका स्थानीय परिवारलाई लत्ता कपडा, फाईवर ब्ल्याङ्केट २७ प्रिस, खाधान्नको मिक्स पोका सामान २९ पोका, चामल २८ बोरा, म्याट २६ पिस, झुल १५ पिस, त्रिपाल ११ पिस, बाल्टी १० पिस, स्यानिटरी प्याड, साबुन, फ्रुटी, दालमोट, चाउचाउ लगायतका अत्यावश्यक सामग्री वितरण गरेको नेपाल तरुण दल चितवनका सचिब स्वरुप गुरुङले बताए ।
बाढी तथा पहिरो जस्ता प्राकृतिक विपद्का कारण स्थानीय नागरिकको जनजीवन प्रभावित भइरहेका बेला चितवन तरुण दलको टोली प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई सहयोग गरेको हो। राहत सामग्री वितरणसँगै टोलीले प्रभावित स्थानीयसँग भेटघाट गर्दै उनीहरूको अवस्था र तत्काल आवश्यकताबारे समेत जानकारी लिएको थियो ।

विशेषगरी दैनिक उपभोगका सामग्री, लगाउने कपडा, ओढ्ने–ओछ्याउने सामग्री तथा महिलाका लागि आवश्यक स्यानिटरी प्याड उपलब्ध गराएर विपद्को समयमा प्रभावित परिवारको दैनिकी सहज बनाउने प्रयास गरिएको टोलीले जनाएको छ।
अमृत गुरुङको नेतृत्वमा चितवनबाट नुवाकोट पुगेको टोलीले राहत वितरणलाई केवल सामग्री हस्तान्तरणमा सीमित नराखी प्रभावित समुदायसँग प्रत्यक्ष जोडिने प्रयास गरेको जनाएको छ। विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु र आवश्यक सहयोग पुर्याउनु मानवीय कर्तव्य भएको टोलीको भनाइ छ। राहत लिएर जाने टोलिमा युवा नेता अनिश पन्त, विवेक पाण्डे, सम्राट ठकुरी, अजय अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

राहत वितरण कार्यक्रममा विपद्को समयमा पीडित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु राज्य तथा सम्बन्धित निकायसँगै सामाजिक संघसंस्था र नागरिकको पनि साझा दायित्व भएको धारणा व्यक्त गरिएको थियो।
बेलकोटगढी–७ लामुसोतीका प्रभावित नागरिकले विपद्को कठिन समयमा टाढाबाट आएर राहत सामग्रीसहित आफूहरूको अवस्था बुझ्न पुगेको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई अझै पनि राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको अवस्थामा चितवन तरुण दलको यो पहलले विपद्को समयमा नागरिक–नागरिकबीचको सहयोग र एकताको सन्देश दिएको छ।
ताजा अपडेट
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
- भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया