गृहपृष्ठ ∕ मुख्य समाचार ∕ विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
काठमाडौँ। राष्ट्रियसभा सांसदहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले बजारमा बिक्रीवितरण भइरहेका फलफूल तथा तरकारीको कडाइका साथ गुणस्तर परीक्षण गर्न माग गरे । “फलफूल तथा तरकारीमा अत्यधिक विषादीको प्रयोेग हुने गरेको र समयअगावै विषादीयुक्त तरकारी बजारमा बिक्रीवितरण गरेको समाचार बारम्बार सुनिरहेका छौं”, उनले भने, “फलफूल पनि पाक्ने समय अगाडि पकाउने औषधिको प्रयोग गरी बजारमा ल्याइएको छ । गुणस्तर परीक्षण गरी आमनागरिकले उपभोग गर्ने वातावरण बनाउनुपर्छ ।”
सांसद गङ्गाकुमारी बेल्वासेले पतञ्जली जग्गा हिनामिना प्रकरणबारे चर्चा गर्दै विदेशी कम्पनीलाई बिनाआवश्यक कागजपत्र दर्ता गरिएको टिप्पणी गरीन् । उनले भने, “अहिले कानुन संशोधन गरेर जग्गा कम्पनीलाई दिने र बेच्ने भन्ने छ, त्यो बेठिक छ ।”
सांसद गोेपाल भट्टराईले असारदेखि असोजसम्म डेङ्गी रोग प्रकोपका रूपमा फैलिन सक्नेतर्फ सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क प्रस्तुत गर्दै यसको नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद गोपीबहादुर सार्की आछामीले बिपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक सडक समयमै पुनर्निर्माण गर्न सभाअध्यक्षमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्माले किसान पेन्सनको व्यवस्था गर्न माग गर्दै कृषकलाई मल र बीउ समयमा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयमा सांसद मायाप्रसाद शर्माले जाजरकोट जिल्लामा मानसिक असन्तुलनका कारण बढदो मृत्युदरको तथ्याङ्क प्रस्तुत गर्दै त्यहाँ मानसिक अस्पताल निर्माणको आवश्यकता औँल्याए ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया