एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा
काठमाडौँ । सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरादेवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताईन् । तीमध्ये ३२७ सङ्घीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तहको सरकारको समन्वयमा नर्स राखिएको छ । ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ मार्फत ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले बताईन् ।
“विद्यालय तहमा बालबालिकाको स्वास्थ्य उपचार गर्न नर्सको दरबन्दी सिर्जना गरेर राख्न थालेका छौँ”, निर्देशक निरौलाले भभनिन्, “ती नर्सले विद्यालय तहका बालबालिकाको आवश्यकताअनुसार समग्र स्वास्थ्य परीक्षण गर्दछन् ।”
नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए÷नआएको जानकारी, रक्तअल्पताको परीक्षणलगायत काम गर्छन् । यस्तै रक्तअल्पता कम भएको अवस्थामा आइरन चक्की खान सुझाव दिने गर्दछन् । यसैगरी ती नर्सले विद्यार्थी विद्यालय नआए किन आएन भनेर अभिभावकसँग पनि जानकारी लिने छन् । यस्तै नर्सले आवश्यकताअनुसार विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने छन् ।
सरकारले आव २०७६/७७ मा विद्यालयमा स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइटल कार्यक्रको रूपमा सुरु सञ्चालन गरेको थियो । निर्देशक निरौलाले देशभरिका सवै विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ लागू गर्ने भने पनि आगामी वर्ष बजेट विनियोजन नभएकाले थप विद्यालयमा कार्यक्रम लागू गर्न नसकिने बताउनुभयो । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत नर्सले विद्यालयका एक छात्रा र छात्रलाई स्वास्थ्य राजदूत बनाएर स्वास्थ्य जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गर्ने गर्दछन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया