बालबालिकाका पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’
काठमाडौँ। सरकारले देशभरिका बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बालबालिकाको उचाई र तौल नापेर पोषणको अवस्था पत्ता लगाउन उक्त अभियान सुरु गरिने बताए । छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने अभियान सञ्चालन गरिने उनको भनाइ छ । अभियान यही वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र मार्फत ‘तयारी उपचारात्मक खाना’ निःशुल्क उपलब्ध गराइन्छ । अभियान स्वास्थ्य संस्था तथा खोप केन्द्रहरु, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुनेछ ।
शाखा प्रमुख थापाका अनुसार बच्चामा मध्यमसिघ्र कुपोषण र कडाशिघ्र कुपोषण रहेका छन् । मध्यमशिघ्र कुपोषण ३० देखि ४० प्रतिशत र कडाशिघ्र कुपोषण एक प्रतिशत बालबालिकामा रहेका छन् । मध्यमशिघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने, लुरे तथा कडाशिघ्र कुपोषण बालबालिका ख्याउटे, करङ देखिने खालको हुने गर्दछन् ।
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया