आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।
सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो । अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरङ्ग सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।
सो निर्देशन प्राप्त भएपछि सङ्घले एक विज्ञप्ती जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरङ्ग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले ९–५ बाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिकलगायत २४सै घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको सङ्घले जनाएको छ । पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने सङ्घको ठहर छ ।
यसैबीच विभिन्न अस्पताल तथा प्रतिष्ठानले फरक फरक सूचना जारी गरेका छन् । त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले आकस्मिक बाहेक आइतबार बहिरङ्ग सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पतालले भने आइतबार पनि सेवा सञ्चालन गर्ने जनाएका छन् ।
सङ्घले विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरुले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरु अन्योलमा पर्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ । सङ्घले ज्यादै न्यून सेवा सुविधा दिइ जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्षमा उत्रिन बाध्य हुने भन्दै चेतावनी दिएको छ ।

ताजा अपडेट
- जनताले सरकारी अस्पतालमा सेवा पाउँदा राहत महसुस गर्नुपर्छः स्वास्थ्यमन्त्री मेहता
- अस्पताल सेवा सुधार कार्यविधि जारी
- आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !
- नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : ३ सय शैय्याको अस्पताल र चिकित्सा शिक्षा अध्ययनको तयारी गरीने
- गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया