‘औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताएका छन् ।
नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०औं नेपाल फर्मा एक्स्पोको आयोजित कार्यक्रममा मन्त्री डा गौतमले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय गरेर काम गर्न सके नेपालको औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउन सकिने बताईन्। नेपालको औषधि उद्योगले पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताईन्।
मन्त्री डा गौतमले कच्चापदार्थको मूल्य बढे पनि नेपाली औषधि कम्पनीले पहिलाकै मूल्यमा औषधि बेच्नुपर्ने बाध्यता रहेको बताईन् । उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि नेपालको औषधि नियमन प्रणालीलाई हालको अवस्थाबाट अझ उच्चस्तरमा पु¥याउन सुझाव दिएको उल्लेख गर्दै त्यसअनुसार सुधारका काम अघि बढाइएको जानकारी दिईन् । नेपालको औषधि उत्पदान बढाउनुपर्ने आवश्यकता रहेको उनले आंैल्याईन् ।
नेपालमा हाल बजारमा २४ हजार प्रकारका औषधि उपलब्ध छन् तर परीक्षण गर्ने क्षमता भने वार्षिक करिब ६४० प्रकारमा मात्र सीमित छ । कच्चापदार्थ गुणस्तरीय ल्याउन सके मात्र औषधिको गुणस्तर बढ्ने मन्त्री डा गौतमले बताईन् ।
स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वदेशी औषधि उत्पादन बढाउने, औषधिको उपलब्धता सुनिश्चित गर्ने र औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सरकारको नीति रहेको बताए । उनले स्वदेशी औषधि उद्योगले नेपाली जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याइरहेको उनले उल्लेख गरे । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सेवामध्ये सबैभन्दा बढीले औषधिसँग सम्बन्धित सेवा लिने गरेको सचिव डा देवकोटाले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औषधि क्षेत्रमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताए। उनले देशभित्र उत्पादन हुन सक्ने औषधिलाई प्राथमिकता दिने नीति सरकारले प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य बिमा कार्यक्रम र अस्पतालमा आधारित फार्मेसीमा स्वदेशी औषधिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नु स्वास्थ्य प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताए ।
औषधि उत्पादन सङ्घका अध्यक्ष विप्लव अधिकारीका अनुसार एक्स्पोमा २०० भन्दा बढी कक्ष रहने छन् । यसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चापदार्थ, प्याकिङ उत्पादक र मेसिनरीको प्रदर्शन प्रमुख रूपमा रहने जानकारी दिए ।
यसअघि चितवनमा हुँदै आएको एक्स्पो यसपटक काठमाडौँस्थित भृकुटीमण्डपमा हुन थालेको हो । उनका अनुसार एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको छ । एक्स्पो आगामी शनिबारसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया