स्वर्णप्राशन सम्बन्धी निर्देशिका स्वीकृत
काठमाडौँ । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका स्वीकृत गरेको छ ।
उक्त निर्देशिकाको मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु हो ।
स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य संवद्र्धनका साथै मातृशिशु स्वास्थ्य संवद्र्धनका कार्यक्रमसमेत सञ्चालन गर्नु रहेको छ ।
आयुर्वेद चिकित्सा विज्ञानमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्वर्णविन्दु प्राशनको वर्णन गरिएको छ । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशका रुपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ
। बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ ।
स्वर्णविन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिएबमोजिमको मात्रामा खुवाइनेछ ।
यस कार्यक्रमबाट ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका लाभान्वित हुने बताइएको छ । सो कार्यक्रममा ज्वरो, अजीर्ण, पखाला, आउँ, रुघाखोकी भएका बालबालिकालाई सहभागी गराइने छैन ।
यस स्वर्णविन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवद्र्धन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यस वर्षबाट राष्ट्रिय कार्यक्रमका रुपमा सञ्चालन गरिएको छ । आगामी वर्षमा क्रमिक रुपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गरिने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सो कार्यक्रम नेपालभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल तथा आयुर्वेद शिक्षण अस्पतालमा प्रयोगका लागि मार्गदर्शन प्रदान गर्ने रहेको छ ।
हाल पहिलो चरणमा प्रादेशिक आयुर्वेद चिकित्सालय (बिजौरी दाङ), त्रिवि आयुर्वेद शिक्षण अस्पताल (कीर्तिपुर), आयुर्वेद चिकित्सालय नरदेवी, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र (बूढानीलकण्ठ), प्रादेशिक आयुर्वेद चिकित्सालय (धनगढी)–सुदुरपश्चिम प्रदेश, प्रादेशिक आयुर्वेद चिकित्सालय (लखनपुर, झापा)–कोशी प्रदेश, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय (पर्सा)–मधेस प्रदेश, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय (काठमाडौँ) बागमती प्रदेश, गण्डकी आयुर्वेद अस्पताल (पोखरा)–गण्डकी प्रदेश लगायतमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया