स्वर्णप्राशन सम्बन्धी निर्देशिका स्वीकृत
काठमाडौँ । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका स्वीकृत गरेको छ ।
उक्त निर्देशिकाको मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु हो ।
स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य संवद्र्धनका साथै मातृशिशु स्वास्थ्य संवद्र्धनका कार्यक्रमसमेत सञ्चालन गर्नु रहेको छ ।
आयुर्वेद चिकित्सा विज्ञानमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्वर्णविन्दु प्राशनको वर्णन गरिएको छ । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशका रुपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ
। बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ ।
स्वर्णविन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिएबमोजिमको मात्रामा खुवाइनेछ ।
यस कार्यक्रमबाट ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका लाभान्वित हुने बताइएको छ । सो कार्यक्रममा ज्वरो, अजीर्ण, पखाला, आउँ, रुघाखोकी भएका बालबालिकालाई सहभागी गराइने छैन ।
यस स्वर्णविन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवद्र्धन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यस वर्षबाट राष्ट्रिय कार्यक्रमका रुपमा सञ्चालन गरिएको छ । आगामी वर्षमा क्रमिक रुपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गरिने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सो कार्यक्रम नेपालभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल तथा आयुर्वेद शिक्षण अस्पतालमा प्रयोगका लागि मार्गदर्शन प्रदान गर्ने रहेको छ ।
हाल पहिलो चरणमा प्रादेशिक आयुर्वेद चिकित्सालय (बिजौरी दाङ), त्रिवि आयुर्वेद शिक्षण अस्पताल (कीर्तिपुर), आयुर्वेद चिकित्सालय नरदेवी, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र (बूढानीलकण्ठ), प्रादेशिक आयुर्वेद चिकित्सालय (धनगढी)–सुदुरपश्चिम प्रदेश, प्रादेशिक आयुर्वेद चिकित्सालय (लखनपुर, झापा)–कोशी प्रदेश, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय (पर्सा)–मधेस प्रदेश, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय (काठमाडौँ) बागमती प्रदेश, गण्डकी आयुर्वेद अस्पताल (पोखरा)–गण्डकी प्रदेश लगायतमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया