अस्पतालमै थन्कियो सरकारी लगानी, नि:शुल्क पुग्छन् करोडौंका उपकरण
प्रयोगशालाको शुल्क बढाउने कि उपकरण थन्क्याउने ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका विभिन्न अस्पतालका प्रयोगशालामा राखिएका मेसिनहरू प्रयोगविहीन बन्दै गएका छन् ।
सरकारकै बजेटबाट खरिद भएका मेसिनहरू प्रयोगविहीन भएपछि परीक्षण शुल्क नै बढाउनुपर्ने बाध्यता बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले ४ वटा युरि एनालाइजर खरिद गरेर ४ वटा अस्पताललाई हस्तान्तरण गरेको थियो ।
सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल बझाङलाई दिइएका ती मेसिन प्रयोगमा बेथिति पाइएको हो ।
प्रदेशकै सबैभन्दा बढी नमुना परीक्षण हुने सेती प्रादेशिक अस्पतालमा मेसिन थन्काइएको छ । सेती प्रादेशिक अस्पताललाई सोही प्रकृतिको युरिन एनालाइजर स्वास्थ्य सेवा विभागले समेत दिएको थियो । उक्त मेसिन पनि सञ्चालनमा आउन सकेको छैन ।
प्रयोगशाला इन्चार्ज रमेश शाहीले हालसम्म उक्त मेसिन सञ्चालन नभएको र चलाउने तयारी भइरहको बताए ।
बैतडी जिल्ला अस्पतालले केही समय सञ्चालन गरेपनि हाल उक्त मेसिन बन्द रहको अस्पतालका प्रमुख डा. सुशिल विक बताउँछन् । ‘अहिले तोकिएको दररेटमा मेसिन सञ्चालन गर्न गाह्रो छ,’ उनले भने ।
त्यस्तै, टिकापुर अस्पताल र बझाङ अस्पतालमा रहेको सोही प्रकारको मेसिन सञ्चालन रहेपनि खर्च नै परीक्षण शुल्कले नधानेको अस्पतालको गुनासो छ ।
टिकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश प्रसाद बजगाईंले युरिन एनालाईजर सञ्चालनमा रहेपनि परीक्षण विशेषज्ञ परीक्षणको लागि पुरानो सेवा शुल्क भएकाले सञ्चालन गर्ने की नगर्ने विषयमा छलफल भइरहेको बताए ।
बझाङ जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले पनि न्युन सेवा शुल्क रहेकाले मेसिन सञ्चालनको शुल्क धान्न नसकिरहेको बताए ।
नि:शुल्क पाए, अस्पतालले थन्काए
वि.सं २०८० भदौमा सुदूरपश्चिमका ३ अस्पताललाई करोडौं मेसिन हस्तान्तरण गरिएको थियो ।
कैलालीको अत्तरियामा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानले सुदूरपश्चिमका तीन ठूला अस्पताललाई स्वास्थ सामग्री उपलब्ध पनि गराएको छ ।
अत्तरियामा आयोजित एक कार्यक्रम मार्फत प्रतिष्ठानले सेती, डडेल्धुरा र महाकाली अस्पताललाई झन्डै १ करोड २२ लाख बराबरको सामग्री उपलब्ध गराएको थियो ।
हस्तान्तरण गरिएका उपकरणमा अटोम्याटिक बायोकेमिष्ट्र एनलाईजर, सीएलआईए मेसिन, कल्चर मेसिन र मायोक्रोस्कोपहरू थिए ।
ह्याम्स अस्पतालको सहकार्यमा ल्याइएका उक्त उपकरणहरू अहिले पनि प्रयोगविहीन भएर थन्किएका छन् ।
व्यवसायीबाटै करोडौंका मेसिन नि:शुल्क
टिकापुर अस्पताल गत असारको अन्त्यमा एक व्यवसायीबाट करोडौं पर्ने प्रयोगशाला उपकरण नि:शुल्क लिएको थियो । प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले करौडौं पर्ने प्रयोगशाला उपकरण टिकापुर पठाउने तयारी गरीरहँदा सोही प्रकृतिको प्रयोगशाला परीक्षण गर्ने मेसिन नि: शुल्क अस्पताल पुर्याएका हुन् ।
प्रदेशका अस्पताललाई प्रयोगशालाका उपकरण नि:शुल्क दिई अस्पतालसँगै प्रयोगशाला कर्मचारीसँग सेटिङ गरी बजार दररेट भन्दा महँगोमा रिएजेन्ट खरीद गरी मेसिनको लागत समेत असुल गर्ने गरेका छन् ।
जसकारण अस्पातालसँगै बिरामी समेत आर्थिक मारमा पर्ने गरेको गुनासाहरू सुनिएका छन् ।
टिकापुर अस्पतालका सूचना अधिकारी पदम राज भट्टले प्रयोगशालामा प्रयोग हुने ईन्टिग्रेटेड बायोकेमेष्ट्री लगायतका उपकरण अस्पतालमा दिइएको बताए । उनले भने, ‘रोज कम्पनीका उपकरणहरू डाईग्नोस्टिक फर्ममार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो ।’
प्रयोगशालाको खर्च विवरण नै खुल्दैन
सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका अस्पतालहरुमा प्रयोगशालाको खर्च विवरण सँगै अस्पताल व्यवस्थापन समितिको आम्दानी तथा खर्च मन्त्रालयलाई दिनै आनाकानी गर्ने खुलेको छ ।
उक्त विषय प्रदेशको सामाजिक विकास मन्त्रालय आफैं स्वीकार गर्छ ।
दुई पटकसम्म परिपत्र गर्दा समेत प्रयोगशालामा हुने खर्च र अस्पताल व्यवस्थापन समितिको आम्दानी तथा खर्च विवरण नदिएको मन्त्रालय बताउँछ ।
सामाजिक विकास मन्त्रालयले प्रदेशका अस्पतालहरूका विकास समितिको आम्दानी खर्च सँगै प्रयोगशाला खर्चको मन्त्रीस्तरीय निर्णय गरी आवश्यक कदम चाल्ने जनाएको छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया