सुदूरपश्चिम प्रदेशमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनाको मस्यौदा तयार
स्वीकृत पछि कार्यान्वयनमा लगिने
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रदेश अस्पतालमा मानसिक स्वास्थ्य सेवा प्रदेशका अस्पतालमा बिस्तार गरीने उल्लेख गरीएको छ ।
प्रदेश सरकारको आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्य सेवालाई प्रदेशका सम्पुर्ण बिस्तार गर्दे लगिनेछ । महाकाली र टिकापुर अस्पतालमा मानसिक स्वास्थ्य ईकाई को स्थापना गरी प्रादेशिक अस्पतालहरूबाट मानसिक स्वास्थ्य सेवा र अध्ययन कार्यलाई निरन्तरताका लागि आवश्यक ब्यबस्था मिलाइनेछ । परामर्श सेवा र बिद्यालय नर्स कार्यक्रमलाई स्थानिय तहको सहकार्यमा संचालन गरिनेछ भनि उल्लेख गरीएको छ ।
सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि सामाजिक बिकास मन्त्रालयले ५ बर्षे प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८२–०८७) को मस्यौदा तयार गरेको छ ।
बुधबार प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरी निर्देशक समितिले सामाजिक बिकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

सामाजिक बिकास मन्त्रालय नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत सुनिता शर्माले बिभिन्न चरणका बैठक छलफल पछि मानसिक स्वास्थ्य सम्बन्धी कार्ययोजना तयार गरी मन्त्रालयलाई बुझाईएको बताईन् । उनले भनिन् , उक्त रणनीतिक कार्ययोजना स्वीकृत पश्चात कार्यान्वयन गरिनेछ ।
सि एम सी नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा तयार गरीएको रणनीतिक कार्ययोजनाले बढ्दो मानसिक समस्या सँगै आत्महत्या रोकथाममा स्वास्थ्य सकारात्मक भुमिका खेल्ने सरोकारवालाको बुझाइरहेका छ ।
उक्त रणनीतिक कार्ययोजना मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयन गरीने सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया