बालबालिकालाई स्वस्थ बनाउन के गर्ने ?
बालबालिकालाई कसरी स्वस्थ बनाउने ? यो प्रश्न धेरैको मनमा उब्जने गर्छ । जबकी बालबालिकालाई शारीरिक रुपमा स्वस्थ बनाउन खासै केही गर्नु पर्दैन । उनीहरुको आहारमा विशेष ध्यान दिएर पनि उनीहरुलाई स्वस्थ बनाउन सकिन्छ ।
जबकी कयौ अभिभावक यस्ता छन्, जो बच्चाको आहारमा खासै ध्यान दिदैनन् । र, उनीहरु ‘आफ्नो बच्चाले खाना राम्ररी नखाएको’ गुनासो गर्नमा मात्र समय खर्चिने गर्छन् । यस दौरान बच्चालाई कस्तो आहार दिने भन्ने कुरा समेत उनीहरु विर्सने गर्छन् । त्यसबाहेक, कामकाजी आमाबाबुका कारण पनि कयौ पटक बालबालिकाहरु स्वस्थ आहारबाट बञ्चित हुने गर्छन् । उनीहरुलाई बच्चासित बसेर खाने फुर्सद समेत हुँदैन । जबकी कुनै पनि बालबालिकालाई स्वस्थ आहार ख्वाउनु छ भने उनीहरुलाई आफ्नो साथमै राखेर स्वस्थ एवं सन्तुलित खानेकुरा खुवाउनु पर्छ ।
साथमा खुवाउने
सानो छँदै बालबालिकालाई स्वस्थकर खानेकुरा खान सिकाए भविष्यमा समेत उनीहरुको शारीरिक विकास सही ढङ्गले हुन्छ । यसको लागि सबैभन्दा पहिले उनीहरुलाई स्वस्थकर खानेकुराबारे जानकारी दिन आवश्यक छ । कुन खानेकुरामा के के पोषक तत्वहुन्छ, कुन कुन खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक छ भन्नेकुरा बताउन आवश्यक छ । ताकी उनीहरुलाई समेत आहारमा पाइने पोषकतत्वबारे जानकारी होस् । र , यी सबै कुरा जानकारी गराउनका लागि बालबालिकालाई साथैमा राखेर खाना खुवाउन जरुरी छ ।
आफूले पनि खाने
बालबालिकामा स्वस्थ खानेकुरा खाने बानीको विकासका लागि अभिभावकहरुले पनि आफ्नो खानपानमा सुधार गर्न जरुरी छ । बालबालिकासित जंकफुड खानबाट परेज गर्नुपर्छ । सलाद, फलफूल, सागसब्जी, दही, सूप, आदी खानामा सामेल गर्नुपर्छ । र, बालिकालाई पनि यस्ता खानेकुरा खान प्रोत्साहित गर्नुपर्छ ।
स्वाद लिएर खान सिकाउने
खाना पेट भर्नको लागि मात्र नभएर शरीरलाई स्वस्थ राख्न र जिब्रोको स्वाद बढाउन पनि खाने गर्नुपर्छ । स्वाद लिएर खाना खाएमा यसले र्यालको निर्माण गर्छ । जसले पाचन प्रणाली चुस्त बनाउनुका साथै एसिडिटी, कब्जियत तथा छाती पोल्ने समस्याबाट छुटकारा दिलाउँछ । त्यसैले, बालबालिकालाई विस्तारै विस्तारै खाना खान प्रोत्साहित गर्नुपर्छ । यसले उनीहरुको शारीरीक विकास राम्ररी हुन्छ ।
खाँदा टिभी र मोबाइल चलाउन नदिने
आजकलका बच्चाहरुमा खाँदा टिभी हेर्ने र मोबाइल चलाउने क्रम बढ्दो छ । जबकी विशेषज्ञहरुअनुसार खाना खाने समय आफ्नो पूरा ध्यान खानामा केन्द्रित हुनुपर्ने बताउँछन् । अन्यथा, टिबी हेरेर खादाँ पेट भरिएको समेत थाहा नभएर बालबालिका ओभर इटिङ्गको शिकार हुने गर्छन् ।
परिवारसँग बसेर खुवाउने
बालबालिकाले समयमा खाना खान्छन् कि खाँदैनन्, पौष्टिक आहार लिन्छन् कि लिदैनन्, खाएपनि कति परिणाममा खान्छन् भन्ने कुरामा अभिभावकहरु सचेत हुनु पर्छ । र, यसको लागि परिवारको साथमा बसेर बालबालिकालाई खाना खुवाउनु पर्छ । परिवारमा बसेर खाना खाएमा बालबालिकाले स्वस्थ आहार खानुका साथै राम्रो संस्कार सिक्दछन् ।
खानेकुरा किन्न वा बनाउन प्रोत्साहित गर्ने
जब बालबालिका खानेकुरा किन्न आफै बजार जान्छन्, तबमात्र उनीहरुले खानाको महत्वबारे थाहा पाउँछन् र, कुन खानेकुरामा कति पौष्टिक तत्व हुन्छ भन्नेबारे जानकारी पाउँछन् । त्यतिमात्र हैन, जब उनीहरुले किनेर ल्याएको खानेकुरा उनीहरु आफै पकाउन थाल्छन्, पकाउन सहयोग गर्छन् तब उनीहरु आफूले तयार पारेको खानेकुरा चाख्न पनि लालायित हुन्छन् ।
पानी पिउन प्रोत्साहित गर्ने
गुलियो पेय पदार्थको अत्याधिक सेवनले बाबालिकामा मोटोपनाको समस्या बढाउन सक्छ । त्यसैले उनीहरुलाई मोटोपनाको समस्या हुन नदिन तथा स्वस्थ रहन बढी भन्दा बढी पानी पिउन प्रोत्साहित गर्नुपर्छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया