विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?
नेपालमा नसर्ने रोगहरूको भार थपिँदै गएको छ। मुटु रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना जस्ता नसर्ने रोगहरू जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित छन् । अस्वस्थ खानपान, शारीरिक गतिविधि र पर्याप्त आरामको कमी नसर्ने रोगका प्रमुख कारण हुन्।
आजको स्वस्थ बच्चा नै भोलि गएर सक्षम नागरिक बन्न सक्छन्। त्यसैले निरोगी समाज र उज्ज्वल भविष्यका लागि आजको पुस्तालाई नै स्वस्थ बनाउनु जरूरी छ।
अस्वस्थ जीवनशैली र खानपानका कारण नेपालीहरू सानैदेखि नसर्ने रोगको चपेटामा पर्दै गएको तथ्य जगजाहेर छ। त्यसैले बालबालिकालाई स्वस्थ रहन विद्यालय तहदेखि चेतना जगाउनु आवश्यक हुन्छ। स्वास्थ्य शिक्षालाई केबल सरसफाई वा संक्रामक रोग नियन्त्रणमा मात्र केन्द्रित नगरी स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने दिशामा अघि बढाउनु जरूरी छ।
विद्यालयमा स्वास्थ्य शिक्षा पुन: परिभाषित गरौँ
अहिले पनि धेरै विद्यालयमा स्वास्थ्य शिक्षाको प्राथमिकता सरसफाई, सुरक्षित पानी र संक्रामक रोगहरूसँग बढी जोडिएको छ। तर के पर्याप्त शारीरिक गतिविधि गर्ने, स्वस्थ खानपान र प्रशस्त आराम गर्ने बानीलाई समान रूपमा प्राथमिकता दिइएको छ ?
आजका बालबालिकाहरू विज्ञापनको प्रभावमा परेर चिनी र नुन धेरै भएको प्याकेटका खानेकुरा बढी खान थालेका छन्। त्यसैले बालबालिकालाई विद्यालय तहदेखि नै स्वस्थ खानपान र जीवनशैली सिकाउनु जरूरी छ। स्वस्थ समाज निर्माणका लागि विद्यालय शिक्षामै परिवर्तन आवश्यक छ।
विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा ?
विद्यालय शिक्षामा विद्यार्थीलाई प्राकृतिक रूपमा स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने उपायहरू समावेश गर्नुपर्छ। शारीरिक गतिविधिलाई जीवनशैली बनाऔं ।
- बच्चाहरूलाई खेल्न, दौडिन, नाच्न, साइकल चलाउन वा कुनैपनि रमाइलो शारीरिक गतिविधिमा भाग लिन प्रेरित गरौँ।
- विद्यालयमा ‘मोजमस्तीका लागि व्यायाम’ भन्ने मानसिकता विकास गरौँ, ताकि बच्चाहरू स्वाभाविक रूपमा सक्रिय रहुन्।
- शिक्षक, अभिभावक र समाजका सबै सदस्यले बच्चालाई खेलकुदमा सहभागी गराउन प्रोत्साहित गरौँ।
- स्वस्थ खानाको संस्कृति विकास गरौं ।
- विद्यार्थीहरूलाई सन्तुलित आहारको महत्त्व बुझाऔं।
- ‘जंक फुड’ को असरबारे सरल भाषामा जानकारी दिऔं, ताकि उनीहरूले सही निर्णय गर्न सकुन्।
- विद्यालयको क्यान्टिनमा स्वस्थ खानेकुरा उपलब्ध गराऔं।
- निद्रा र आरामको महत्त्व बुझाऔँ । पर्याप्त निद्रा पाउँदा बालबालिकाको मानसिक र शारीरिक विकास राम्रो हुन्छ
- मोबाइल, टिभी वा गेमिङको सीमित प्रयोग गर्न प्रेरित गरौँ ताकि उनीहरू समयमै सुतुन्।
- स्वास्थ्य चेतनाको विकास गरौँ ।
- बच्चाहरूलाई खानेकुराको प्याकेटमा भएका जानकारी पढ्ने बानी बसाल्न प्रेरित गरौँ।
- विज्ञापनमा आउने खानेकुराहरू स्वस्थ नहुन सक्छन् भन्ने बुझ्ने क्षमता विकास गरौँ।
- अभिभावक, शिक्षक र समाज मिलेर स्वस्थ बानीहरू विकास गर्ने वातावरण बनाऔँ।
नेपालको भविष्य उज्ज्वल बनाउन स्वस्थ नागरिक आवश्यक छ। स्वस्थ नागरिक बनाउन सानै उमेरदेखि सही स्वास्थ्य शिक्षा आवश्यक हुन्छ। विद्यालय शिक्षाले बच्चाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उपाय समावेश गर्नुपर्छ।
खेलकुद, सही पोषण, प्रशस्त आराम र स्वास्थ्य चेतनाको प्रवर्धन गर्दा बालबालिका स्वस्थ रहनुका साथै भोलिका दिनमा सक्षम नागरिक बन्न सक्छन्। त्यसैले, विद्यालय, शिक्षक, अभिभावक र नीति निर्माताहरू मिलेर आजैदेखि स्वस्थ भविष्य निर्माण गर्ने दिशामा काम गर्नुपर्छ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया