झापामा पूर्ण स्तनपान गराउने आमा ५४ प्रतिशत
झापा । जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् ।
चालु आर्थिक वर्षको चैत सम्म गरिएको वृद्धि अनुगमन तथ्याङ्कअनुसार सो तथ्याङ्क फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए ।
“शिक्षित र आर्थिक रुपमा सबल भएका परिवारका आमाहरुले नै कम स्तनपान गराउने गरेका छन्”, उनले भने, “तर, कम शिक्षित र आर्थिक अवस्था कमजोर भएका आमाहरुले बढी स्तनपान गराउने गरेको देखिएको छ ।”
कोशी प्रदेशमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या सन् २०२२ को तथ्याङ्कअनुसार ५३ प्रतिशत छ । नेपालमा सन् २०१६ मा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ६६ प्रतिशत थियो । सन् २०२२ मा उक्त दर ५६ प्रतिशतमा झरेको छ ।
सन् २०१६ को तथ्याङ्कमा नेपालमा नवजात शिशुलाई बट्टाको दूध सेवन गराउने दर १६ प्रतिशत थियो भने सन् २०२२ मा उक्त सङ्ख्या वृद्धि भएर २२ प्रतिशत पुगेको छ । “कोशी प्रदेशमा सबैभन्दा धेरै २५ प्रतिशत बट्टाको दूध सेवन गराउने गरेको तथ्याङ्क छ”, उनले भने, “उच्च वर्गमा बट्टाको दूधको प्रयोग बढी देखिएको छ ।”
नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनको सङ्ख्या ९४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत पाठकले बताए ।
स्तनपानका लागि जन्मेको एक घण्टाभित्र, छ महिनासम्म पूर्ण स्तनपान र छ महिनापछि पूरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने तीन वटा व्यवहार सिफारिस गरिएको छ । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशन कमी आउने उनले बताए ।
झापामा स्तनपान प्रवर्द्धनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले विविध गतिविधि गर्दै आएका छन् । सरकारी कार्यालय, सार्वजनिक स्थान, बैंक तथा वित्तीय संस्थाहरुमा स्तनपान कक्ष निर्माण गरिएका छन् ।
स्वास्थ्य कार्यालय झापाले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ आमाको दूधसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्तनपान परामर्शदाता तालिम दिने तयारी गरिरहेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा मातृ शिशुमैत्री सेवा प्रदान गरिँदै आएको छ ।
नेपालमा प्रत्येक वर्ष अगस्त १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाइने गरिन्छ । दिगो विकास लक्ष्यमा सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ९० प्रतिशत बढी पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया