थकान, बढ्दो वजन थाइराइडको संकेत हुनसक्छ

काठमाडौँ । यदि तपाईँ सधैँ थकित महसुस गर्नुहुन्छ, धेरै नखाइ तौल बढ्दै छ, वा तपाईंको मुड बारम्बार परिवर्तन भइरहेको छ भने यी सबै लक्षणहरू थाइराइडसँग सम्बन्धित हुन सक्छन् ।
विशेष गरी हाइपोथायरायडिजम्, जसमा थाइराइड ग्रन्थीले कम हर्मोन उत्पादन गर्छ । यसका चार मौन लक्षणहरू र तिनीहरूलाई समाधान गर्ने सजिलो उपायहरू जानौँ ।
१-निरन्तर थकान
राम्रो निद्रा लागेपछि पनि थकित महसुस हुन्छ भने, तपाईंलाई थाइराइडको समस्या हुन सक्छ ।
के गर्ने ?
आफ्नो खानामा आयोडिन र सेलेनियम समावेश गर्नुहोस् । जस्तै : अण्डा, आयोडिनयुक्त नुन, सूर्यमुखी र फर्सीको बीउ ।
२-बिना कारण तौल बढ्नु
यदि कुनै कारण बिना तौल बढिरहेको छ भने, यो थाइराइडको कमीको कारणले हुन सक्छ । यसका कारण मेटाबोलिज्म सुस्त हुन्छ ।
के गर्ने ?
एभोकाडो वा जैतुनको तेल जस्ता प्रोटिन र हेल्दी फ्याट खानुहोस् । चिनीयुक्त र प्रशोधित खानाबाट बच्नुहोस् ।
३- सुख्खा छाला, कपाल झर्नु
यदि तपाईंको छाला सुख्खा हुँदै गइरहेको छ वा तपाईंको कपाल सजिलै टुक्रिरहेको छ भने यो पनि थाइराइड फङ्सनको संकेत हो ।
के गर्ने ?
चिया सिड्स, ओमेगा–३ फ्याटी एसिड खानुहोस् । प्रशस्त पानी पिउनुहोस् ।
४- चिसो सहन सकिँदैन
यदि तपाईंलाई अरूको तुलनामा सामान्यभन्दा बढी जाडो महसुस हुन्छ भने यो हाइपोथाइराइडिजम्को लक्षण हो ।
के गर्ने ?
हरेक दिन हिँड्नुहोस्, हल्का व्यायाम गर्नुहोस् ।
यी ३ तरिकाले थाइराइड नियन्त्रण गर्न सकिन्छ :
ग्यास्ट्रोजनिक खानेकुराहरू कम गर्ने : बन्दा, काउली, ब्रोकाउली र सोयाबिनको अत्यधिक सेवनबाट बच्नुहोस् । तिनीहरूलाई पकाएपछि मात्र खानुहोस् ।
तनाव व्यवस्थापन गर्नुहोस् : तनावले कोर्टिसोल बढाउँछ, जसले थाइराइडलाई क्षति पुर्याउँछ । यसलाई कम गर्नु आवश्यक छ ।
डिफिसिएन्सीको जाँच गराउनुहोस् : समय–समयमा शरीरको आयोडिन, सेलेनियम, जिंक र आइरनको जाँच गराउनुहोस् ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया