मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य समस्या अहिले गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् । यसको समाधानका लागि प्रभावकारी नीति र कार्यक्रम तयार गर्न छलफल भइरहेको उनले बताए।
स्वास्थ्य मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पौडेलले मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा रहेकाले सरकारले यस क्षेत्रमा कार्यरत निकायसँग समन्वय गर्दै जनशक्ति विस्तार गर्ने तयारी गरेको जानकारी दिए । मानसिक स्वास्थ्यसम्बन्धी काममा दोहोरोपना हटाउँदै सरकारी, गैरसरकारी र अन्तरराष्ट्रिय संस्थासँग सहकार्यको प्रयास अघि बढाइएको उनले बताए ।
“मानसिक रोगीको सङ्ख्या दिनदिनै बढिरहेको छ, यसले सम्पूर्ण जनसङ्ख्यामा असर पु¥याउन सक्छ”, मन्त्री पौडेलले भने, “यसको समाधानका लागि रणनीतिक रूपमा अगाडि बढ्नुपर्छ ।”
मन्त्रालयले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाबीच कामको दोहोरोपन हटाई जिम्मेवारी स्पष्ट गर्ने तथा समन्वयकारी ढङ्गले काम गर्न पहल थालेको उल्लेख गर्दै मन्त्री पौडेलले मानसिक स्वास्थ्य सेवामा आवश्यक जनशक्ति थप गर्ने योजना अघि सारिएको बताए ।
बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउन शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यालय पाठ्यक्रममा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यसम्बन्धी विषय समावेश गरिने तयारी भइरहेकोउनले बताए ।
विद्यालयस्तरसम्म ‘विद्यालय स्वास्थ्य दूत कार्यक्रम’ लागू गर्दै बालबालिकालाई लक्षित सचेतना अभियान चलाइने उनको भनाइ थियो । शिक्षा मन्त्रालयसँगको सहकार्यमा संस्थागत विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ विस्तार गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया