प्रदेश आयूर्वेद चिकित्सालयमा औषधी अभाव
तनहुँ। तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश आयूर्वेद चिकित्सालयमा औषधीको अभाव छ । बजेट कटौती हुँदा आवश्यकता अनुसारको औषधी खरिद गर्न नपाउँदमा अभाव भएको हो ।
औषधीको अभाव हुँदा बिरामीहरू रित्तो हात फर्किएर बाहिर किन्नुपर्ने बाध्यता छ । औषधीको लागि थोरै रकम विनियोजित भई आएकोले समस्या परेको प्रदेश आयूर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिए।
स्वेदन यन्त्र, पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको बेला औषधी अभाव हुँदा समस्या परेको बताउनुहुन्छ । चापागाईले भने, “एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका बिरामीलाई पनि निको बनाएर पठाएकाले बिरामी चाप बढेको छ तर औषधिको बजेट कटौती हुँदा सेवा प्रभावकारी बनाउन कठिन भएको छ ।’’
बिरामीको सङ्यामा वृद्धि भइरहेकोले औषधीको लागि रकम थप गर्नुपर्नेमा पहिलेभन्दा आधा कम रकम पठाएकोले अभाव झेल्नु परेको कार्यालय प्रमुख आयूर्वेद चिकित्सक डाक्टर नारायण श्रेष्ठले बताए । आर्थिक वर्ष २०७९–८० मा वार्षिक रूपमा औषधी खरिदको लागि १८ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष २०८०/८१ मा आठ लाख १० हजार र चालु आर्थिक वर्ष २०८१(०८२ मा आठ लाख रुपियाँ मात्रै पठाएकोले औषधीको अभाव भएको उनले जानकारी दिए ।
डा श्रेष्ठले भने, “बिरामी झण्डै दोब्बर बढेकाले ३६ लाख रुपियाँ विनियोजन गर्नुपर्ने आठ लाख मात्रै विनियोजन गर्दा समस्या परेको छ ।’’
अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिने बिरामी आउने चिकित्सालयले जनाएको छ । दैनिक करिब एक सय जना बिरामी आउने गरेका छन् ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया