गाउँभन्दा धेरै तातीरहेका शहर : जसले मृत्युदर बढ्यो
शहरीकरण र जलवायु परीवर्तनको यो युगमा शहरहरु केवल बिकास आधुनिकताको प्रतिक मात्रै होईनन वाताबरणिय चूनौति हिट आईल्याण्डका मुख्य केन्द्र पनि बनेका छन् ।
यो एउटा यस्तो परीघटना हो जहाँ शहरी क्षेत्रको तापक्रम छेउछाउका ग्रामिण क्षेत्रहरुको तुलनामा धेरै उच्च हुन्छ । यसले मानव स्वास्थ्यलाई गम्भिर खतरा उत्पन्न गरेको छ ।
एकातिर यो जाडो मौसममा चिसोका कारण हुने मृत्युलाई कम गर्न सकिन्छ भने अर्कातिर गर्मिमा हुने घातक प्रभावहरु बढाउँछ ।
अनुसन्धान : गर्मिले मृत्युदर बढ्दै
बैज्ञानिक जर्नल नेचर क्लाईमेट चेन्जमा प्रकाशित एक अध्ययन अनुसार ३ हजार भन्दा बढी शहरहरुमा मृत्युदर तापमान बिचको सम्बन्ध बिश्लेषण गरीएको छ । जसमा रिमोट सेन्सिङ डाटा , जलबायु सम्बन्धी तथ्याङक र सामाजिक आर्थिक बिवरणहरु प्रयोग गरीएको थियो ।
नतिजाले देखाउछ की शहरी आईल्याण्डका कारण चिसोबाट हुने मृत्युदरमा आएको कमि, गर्मिले हुने मृत्युदरको बृद्धिको तुलनामा ४.४ गुणा बढी थियो ।
उदाहरणका लागि मस्को जस्ता उच्च आक्षंश भएका शहरहरुमा यो अन्तर बढी देखिएको छ जहाँ चिसोबाट मृत्युमा आएको गिरावट गर्मिबाट मृत्युमा भएको बृद्धिको तुलनामा ११.५ गुणा बढी थियो ।
अनुसन्धान कर्ताहरुले चेतावनी दिएका छन् की यो परीघटना बिशेष गरी गर्मिको समयमा अत्यधिक तापक्रम बृद्धि हुुदाँ स्वास्थ्यका लागि खतरनाक बन्न सक्छ ।
रातको चिसो घट्दै, जोखिम बढ्दै
धेरै जसो शहरहरुमा रातको समयमा स्वभाविक रुपमा हुने चिसोपनमा गिरावट आएको छ । पहिले जुन गर्मिबाट राहातको एक महत्वपुर्ण उपाय मानिन्थ्यो ।
रिर्पोटले जोड दिएको छ की हिट बेभ र अत्यधिक गर्मिको अबस्थालाई ध्यानमा राख्दै जनस्वास्थ्यका लागि राहत र दिर्घकालिन रणनितिहरु सहितको आपतकालिन कार्ययोजना आवश्यक छ ।
नियन्त्रणका उपायहरु आवश्यक
शहरको तापमान नियन्त्रणका लागि बिभिन्न रणनितिहरु अपनाईदै आएका छन् । जस्तैः बृक्षारोपण, भवनहरुको शतहको परावर्तक क्षमता (अल्बेडो )बढाउने र शितलनका सामाग्रीहरुको प्रयोग गरी गर्मिको प्रभावलाई सिमित गर्न सक्छन् ।
अनुसन्धान कर्ताहरुले मौसम अनुकुल दृष्टिकोणबाट यी उपायहरु कार्यान्वयन गर्न सुझाव दिएका छन् । ताकी कुनै मौसममा राहत दिदा अर्को मौसमको जोखिम नबढोस ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया