बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन लागिएको बताए । उनले आगामी वैशाखदेखि खोप लगाइने बताए ।
यसअघि दादुरा फैलिएपछि ढोरपाटन नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । “दादुरा सङ्क्रमण अझ नियन्त्रणम आएको छैन,” उनले भने , “त्यही भएर जिल्लाभरिका बालबालिकालाई खोप लगाउने छौँ ।”
यस नगरपालिकामा १३ जनामा दादुरा देखिएको छ । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । शाखा प्रमुख डा गौतमका अनुसार अहिले दादुरा सङ्क्रमितको समुदायमा सक्रिय खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया