योग अभ्यास गर्ने १५ तरिका
शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योग उत्तम विकल्पमध्ये पर्छ । पछिल्लो समय योगप्रति धेरै मानिसको आकर्षण बढ्दै गएको छ ।
पहिलो पटक योग गर्न जानेहरुलाई भने कसरी सुरु गर्ने भन्ने अलमल हुन सक्छ । हुन त अहिले युट्युब लगायतमा भिडियो हेरेर पनि योग गर्न सकिन्छ । भिडियो हेरेर आफैं गरे पनि वा यदि योगगुरुसँग सिक्न जाँदै हुनुहुन्छ भने केही कुरामा पक्कै ख्याल गर्नुपर्छ । सामान्य गल्ती गर्दा योगको उल्टो प्रभाव पर्न सक्छ ।
- खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ।
- योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ।
- हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ।
- लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ।
- शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ।
- चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नुपर्छ।
- दिसा(पिसाब सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ।
- महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन। यस्तो बेला कीर्तन, ध्यान, प्राणायाम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न।
- प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ।
- सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।
- कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन।
- दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।
- योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ।
- उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।
- अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया