अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने
काठमाडौँ । विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तरराष्ट्रिय योग दिवसका अवसरमा पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमिका रूपमा विश्वसामु चिनाउने उद्देश्यसहित कैलाश–मानसरोवरमा विशेष योग अभ्यास कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देशका रूपमा स्थापित गर्नाका साथै यहाँको प्राचीन योग, तपस्या, ध्यान तथा आध्यात्मिक सभ्यतालाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु हो ।
योग दिवस मनाउन सहभागी टोली असार ३ गते कैलाश–मानसरोवरतर्फ प्रस्थान गर्नेछ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक योग तथा ध्यान अभ्यास गरिने कार्यक्रम तय गरिएको छ ।
“भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तरराष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो,” अध्यक्ष शर्माले भने, “हिमालयको मौन सौन्दर्य र कैलाश–मानसरोवरको पवित्र वातावरणमा योग केवल शारीरिक अभ्यास मात्र नभई आत्मिक जागरण र शान्तिको मार्ग बन्ने हाम्रो विश्वास छ ।”
कार्यक्रममा नेपाल, भारतलगायत विभिन्न देशका योगी, ध्यान साधक, योग प्रशिक्षक, तपस्वी, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियानकर्मी गरी एक सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
समाजका शाखा तथा साधना केन्द्र नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा सञ्चालनमा रहेका छन् ।
आयोजकका अनुसार कैलाश–मानसरोवरमा हुने अन्तरराष्ट्रिय योग यात्रा तथा साधनाले नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन तथा अन्तरराष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सहयोग पुग्नेछ । साथै युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्न पनि कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।
अभियानले नेपाललाई ‘योग र ध्यानको उद्गमस्थल’का रूपमा विश्व समुदायमा स्थापित गर्न मद्दत पुग्ने तथा विभिन्न देशका साधकहरूको सहभागिताले नेपाललाई अन्तरराष्ट्रिय योग केन्द्रका रूपमा चिनाउन थप टेवा पुग्ने आयोजकको विश्वास रहेको छ ।
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया