चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
झापा। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवाहरू रोप्न सुरु गरेको छ ।
भद्रपुर नगरपालिका–९ र १० मा अवस्थित वनमा असारभित्रै १५ हजार विभिन्न वनस्पतिका बोटविरुवा रोपिने वन समितिका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए । उनले डिभिजन वन कार्यालय झापाको सहकार्यमा बिरुवा रोपन सुरु गरिएको उनले बताए ।
उनका अनुसार खाली जमिनमध्ये १५ बिघामा रोपिने आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवा आइतबारदेखि सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय झापाको १५ लाख ५० हजार तथा वन समूहको दुई लाख २५ हजार लागत सहभागितामा वृक्षरोपण सम्पन्न गरिने समितिका अध्यक्ष खतिवडाले जानकारी दिए । उनले श्रीखण्ड, अगरू जस्ता दुर्लभ वनस्पतिदेखि बडहर, लटहर, बयर जस्ता फल तथा शतिसाल, वीरेन्द्र फूललगायत बिरूवा रोप्न थालिएको बताए ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहियार यादवले हरित पर्यटन विकास तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपणलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको भन्दै वनले ९० प्रतिशत बिरूवा हुर्काउने शर्तमा कार्यक्रम दिइएको बताए ।
कुल ३४९ हेक्टर क्षेत्रफलमा फैलिएको यस चन्द्रगढी सामुदायिक वनमा यसअघि साल, कर्मा, जामुन र टिक जस्ता रैथाने प्रजातिका रुखहरूको बाहुल्यता रहँदै आएको छ । हाल भइरहेको नयाँ प्रजातिका बोटबिरुवाको वृक्षारोपणले यहाँको जैविक विविधतालाई थप मजबुत बनाउने विश्वास गरिएको अध्यक्ष खतिवडाले बताए ।
वनभित्र रहेका प्राकृतिक सिमसार र पोखरीहरूका कारण यहाँ विभिन्न रैथाने तथा आगन्तुक चराचुरुङ्गीहरूको राम्रो बासस्थान रहेकाले चरा अवलोकनका लागि पर्यटकहरू आउने गरेका छन् ।
वन समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वनभित्र व्यवस्थित वनभोज स्थल, बाल उद्यान, विश्रामस्थल र प्रकृतिको आनन्द लिनका लागि पर्यावरणीय पदयात्रा मार्गसमेत निर्माण गरेर पर्यापर्यटनका गतिविधिहरूलाई तीव्रता दिएको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया