सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रको पहलमा प्रजनन स्वास्थ्यसम्बन्धी अत्याधुनिक उपचार सेवा आईभिएफ सञ्चालनमा आएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४, सहिद गेटमा सन्तती आईभिएफ एण्ड फर्टिलिटी सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
यस सेन्टरले सन्तान नहुनु (निःसन्तानपन) सम्बन्धी समस्याको उपचारका लागि IVF, IUI, ICSI लगायतका आधुनिक प्रजनन स्वास्थ्य सेवाहरू प्रदान गर्ने जनाइएको छ ।
यसबाट सुदूरपश्चिमका दम्पतीहरूलाई अब उपचारका लागि काठमाडौँ वा अन्य ठूला सहर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । आईभिएफ सेन्टरको सेवा शुभारम्भको अवसरमा माघ ९ र १० गते दुईदिने प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको छ ।
उक्त शिविरमा नेपाल आईभिएफ सेन्टर, काठमाडौँकी निःसन्तान रोग विशेषज्ञ डा। रक्षा पराजुलीले दम्पतीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिरहेकी छन् ।
सन्तती आईभिएफ एण्ड फर्टिलिटी सेन्टर धनगढीका अनुसार शिविरमार्फत प्रजनन स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्नुका साथै सन्तान नहुनुको कारण पहिचान गरी उचित उपचारतर्फ दम्पतीहरूलाई मार्गदर्शन गर्ने उद्देश्य रहेको छ ।
स्थानीय स्तरमै गुणस्तरीय र विश्वसनीय प्रजनन स्वास्थ्य सेवा उपलब्ध भएपछि सुदूरपश्चिम क्षेत्रका नागरिकहरू ठूलो रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया