एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
धनगढी । संख्या होइन, गुणस्तर । घोकन्ते होइन प्रगोगात्मक । यी दुवै स्लगलाई मुख्य आधार बनाएको छ, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ सर्भिस प्रालिले ।
नवजीवन सुदूरपश्चिम प्रदशेको कैलालीस्थित धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीमा अवस्थित छ ।
विसं २०७१ सालमा स्थापना भएको यो कलेज सुरुवाती चरणमा सीटीईभीटीबाट मान्यता लिएर सुरु भएको थियो ।
जतिबेला १८ महिने ल्याब असिस्टेन्टको पढाइ हुने गर्थ्यो ।
पछि विसं २०७२ बाट नर्सिङ अध्यापनका कार्यक्रम सुरु भए । कलेज प्रमुख टीकेश्वरी शाहका अनुसार, अहिले यहाँ ३ वर्षे विभिन्न संकायका अध्ययन भइरहेका छन् ।
सुरुवाती चरणमा नर्सिङ अध्यापनका लागि कलेजले २० वटा मात्रै सिट संख्या पाएको थियो । अहिले त्यहीँ ४० सिट पाउँदै आएको छ ।
कलेजले प्रयोगात्मक अभ्यास गराउने नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशकै पहिलो निजी अस्पतालको रुपमा सञ्चालित छ ।

सरकारले तोकेको मापदण्ड अनुसार नै १ सय शैयाको अस्पताल निर्माण गर्ने अनुमति पनि पाएको थियो भने २०७९ बाट नर्सिङ अध्ययनको कोटा पनि ४० पाएको हो ।
हालसम्म कलेजबाट ६ ब्याच गरेर १ सय २० पास आउट भइसकेका छन् ।
कलेजले विसं २०८० सालमा ल्याब टेक्निसियनमा ३० सिटको अनुमति पाएर अध्यापन गराउँदै आएको छ । त्यस्तै, विसं २०८१ मा डिप्लोमा ईन फार्मेशीको ४० सिट र समान्य चिकित्सातर्फ पनि ४० सिट प्राप्त गरेको छ ।
कलेजमा पीसीएल नर्सिङ, ल्याब टेक्निसियन, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको अध्ययन हुँदै आएको छ ।
‘आफ्नै १ सय शैयाको अस्पताल भएकाले यस कलेजमा अध्ययन हुने सम्पूर्ण प्राविधिक शिक्षाको पाठ्यक्रम अनुसारको प्रयोगात्मक कक्षा पनि अस्पतालमै गराइन्छ,’ प्रमुख शाह सुनाउँछिन् ।
त्यसैगरी, कलेजले संख्या भन्दा पनि गुणस्तरलाई बढी ध्यान दिइरहेको उनले बताए । लामो समयदेखि दक्ष प्रशिक्षकबाट अध्यापन गराइँदै आएको उनले बताइन् ।
कलेजमा अध्ययन गरेका विद्यार्थीलाई अस्पतालमै रोजगारीका लागि प्राथमिकताका साथ अघि बढेको उनले बताइन् ।
नवजीवन कलेजमा सुदूरपश्चिमसँगै सुर्खेत, चितवन, नेपालगञ्जबाट पनि विद्यार्थी आउने गर्छन् ।
कलेजमा हाल नर्सिङतर्फ १ सय १८, डिप्लोमा इन फार्मेसीमा ४०, सामान्य चिकित्सामा ३८ र ल्याब टेक्निसियनमा ५५ जना विद्यार्थी अध्ययनरत छन् ।


ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया