एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
धनगढी । संख्या होइन, गुणस्तर । घोकन्ते होइन प्रगोगात्मक । यी दुवै स्लगलाई मुख्य आधार बनाएको छ, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ सर्भिस प्रालिले ।
नवजीवन सुदूरपश्चिम प्रदशेको कैलालीस्थित धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीमा अवस्थित छ ।
विसं २०७१ सालमा स्थापना भएको यो कलेज सुरुवाती चरणमा सीटीईभीटीबाट मान्यता लिएर सुरु भएको थियो ।
जतिबेला १८ महिने ल्याब असिस्टेन्टको पढाइ हुने गर्थ्यो ।
पछि विसं २०७२ बाट नर्सिङ अध्यापनका कार्यक्रम सुरु भए । कलेज प्रमुख टीकेश्वरी शाहका अनुसार, अहिले यहाँ ३ वर्षे विभिन्न संकायका अध्ययन भइरहेका छन् ।
सुरुवाती चरणमा नर्सिङ अध्यापनका लागि कलेजले २० वटा मात्रै सिट संख्या पाएको थियो । अहिले त्यहीँ ४० सिट पाउँदै आएको छ ।
कलेजले प्रयोगात्मक अभ्यास गराउने नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशकै पहिलो निजी अस्पतालको रुपमा सञ्चालित छ ।

सरकारले तोकेको मापदण्ड अनुसार नै १ सय शैयाको अस्पताल निर्माण गर्ने अनुमति पनि पाएको थियो भने २०७९ बाट नर्सिङ अध्ययनको कोटा पनि ४० पाएको हो ।
हालसम्म कलेजबाट ६ ब्याच गरेर १ सय २० पास आउट भइसकेका छन् ।
कलेजले विसं २०८० सालमा ल्याब टेक्निसियनमा ३० सिटको अनुमति पाएर अध्यापन गराउँदै आएको छ । त्यस्तै, विसं २०८१ मा डिप्लोमा ईन फार्मेशीको ४० सिट र समान्य चिकित्सातर्फ पनि ४० सिट प्राप्त गरेको छ ।
कलेजमा पीसीएल नर्सिङ, ल्याब टेक्निसियन, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको अध्ययन हुँदै आएको छ ।
‘आफ्नै १ सय शैयाको अस्पताल भएकाले यस कलेजमा अध्ययन हुने सम्पूर्ण प्राविधिक शिक्षाको पाठ्यक्रम अनुसारको प्रयोगात्मक कक्षा पनि अस्पतालमै गराइन्छ,’ प्रमुख शाह सुनाउँछिन् ।
त्यसैगरी, कलेजले संख्या भन्दा पनि गुणस्तरलाई बढी ध्यान दिइरहेको उनले बताए । लामो समयदेखि दक्ष प्रशिक्षकबाट अध्यापन गराइँदै आएको उनले बताइन् ।
कलेजमा अध्ययन गरेका विद्यार्थीलाई अस्पतालमै रोजगारीका लागि प्राथमिकताका साथ अघि बढेको उनले बताइन् ।
नवजीवन कलेजमा सुदूरपश्चिमसँगै सुर्खेत, चितवन, नेपालगञ्जबाट पनि विद्यार्थी आउने गर्छन् ।
कलेजमा हाल नर्सिङतर्फ १ सय १८, डिप्लोमा इन फार्मेसीमा ४०, सामान्य चिकित्सामा ३८ र ल्याब टेक्निसियनमा ५५ जना विद्यार्थी अध्ययनरत छन् ।


ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया