Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Saturday, July 12, 2025
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनाको मस्यौदा तयार

सुदूरपश्चिम प्रदेशमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनाको मस्यौदा तयार

स्वीकृत पछि कार्यान्वयनमा लगिने


धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रदेश अस्पतालमा मानसिक स्वास्थ्य सेवा प्रदेशका अस्पतालमा बिस्तार गरीने उल्लेख गरीएको छ ।

प्रदेश सरकारको आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्य सेवालाई प्रदेशका सम्पुर्ण बिस्तार गर्दे लगिनेछ । महाकाली र टिकापुर अस्पतालमा मानसिक स्वास्थ्य ईकाई को स्थापना गरी प्रादेशिक अस्पतालहरूबाट मानसिक स्वास्थ्य सेवा र अध्ययन कार्यलाई निरन्तरताका लागि आवश्यक ब्यबस्था मिलाइनेछ । परामर्श सेवा र बिद्यालय नर्स कार्यक्रमलाई स्थानिय तहको सहकार्यमा संचालन गरिनेछ भनि उल्लेख गरीएको छ ।

सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि सामाजिक बिकास मन्त्रालयले ५ बर्षे प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८२–०८७) को मस्यौदा तयार गरेको छ ।

बुधबार प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरी निर्देशक समितिले सामाजिक बिकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

सामाजिक बिकास मन्त्रालय नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत सुनिता शर्माले बिभिन्न चरणका बैठक छलफल पछि मानसिक स्वास्थ्य सम्बन्धी कार्ययोजना तयार गरी मन्त्रालयलाई बुझाईएको बताईन् । उनले भनिन् , उक्त रणनीतिक कार्ययोजना स्वीकृत पश्चात कार्यान्वयन गरिनेछ ।

सि एम सी नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा तयार गरीएको रणनीतिक कार्ययोजनाले बढ्दो मानसिक समस्या सँगै आत्महत्या रोकथाममा स्वास्थ्य सकारात्मक भुमिका खेल्ने सरोकारवालाको बुझाइरहेका छ ।

उक्त रणनीतिक कार्ययोजना मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयन गरीने सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया

error: Content is protected !!