गाउँभन्दा धेरै तातीरहेका शहर : जसले मृत्युदर बढ्यो

शहरीकरण र जलवायु परीवर्तनको यो युगमा शहरहरु केवल बिकास आधुनिकताको प्रतिक मात्रै होईनन वाताबरणिय चूनौति हिट आईल्याण्डका मुख्य केन्द्र पनि बनेका छन् ।
यो एउटा यस्तो परीघटना हो जहाँ शहरी क्षेत्रको तापक्रम छेउछाउका ग्रामिण क्षेत्रहरुको तुलनामा धेरै उच्च हुन्छ । यसले मानव स्वास्थ्यलाई गम्भिर खतरा उत्पन्न गरेको छ ।
एकातिर यो जाडो मौसममा चिसोका कारण हुने मृत्युलाई कम गर्न सकिन्छ भने अर्कातिर गर्मिमा हुने घातक प्रभावहरु बढाउँछ ।
अनुसन्धान : गर्मिले मृत्युदर बढ्दै
बैज्ञानिक जर्नल नेचर क्लाईमेट चेन्जमा प्रकाशित एक अध्ययन अनुसार ३ हजार भन्दा बढी शहरहरुमा मृत्युदर तापमान बिचको सम्बन्ध बिश्लेषण गरीएको छ । जसमा रिमोट सेन्सिङ डाटा , जलबायु सम्बन्धी तथ्याङक र सामाजिक आर्थिक बिवरणहरु प्रयोग गरीएको थियो ।
नतिजाले देखाउछ की शहरी आईल्याण्डका कारण चिसोबाट हुने मृत्युदरमा आएको कमि, गर्मिले हुने मृत्युदरको बृद्धिको तुलनामा ४.४ गुणा बढी थियो ।
उदाहरणका लागि मस्को जस्ता उच्च आक्षंश भएका शहरहरुमा यो अन्तर बढी देखिएको छ जहाँ चिसोबाट मृत्युमा आएको गिरावट गर्मिबाट मृत्युमा भएको बृद्धिको तुलनामा ११.५ गुणा बढी थियो ।
अनुसन्धान कर्ताहरुले चेतावनी दिएका छन् की यो परीघटना बिशेष गरी गर्मिको समयमा अत्यधिक तापक्रम बृद्धि हुुदाँ स्वास्थ्यका लागि खतरनाक बन्न सक्छ ।
रातको चिसो घट्दै, जोखिम बढ्दै
धेरै जसो शहरहरुमा रातको समयमा स्वभाविक रुपमा हुने चिसोपनमा गिरावट आएको छ । पहिले जुन गर्मिबाट राहातको एक महत्वपुर्ण उपाय मानिन्थ्यो ।
रिर्पोटले जोड दिएको छ की हिट बेभ र अत्यधिक गर्मिको अबस्थालाई ध्यानमा राख्दै जनस्वास्थ्यका लागि राहत र दिर्घकालिन रणनितिहरु सहितको आपतकालिन कार्ययोजना आवश्यक छ ।
नियन्त्रणका उपायहरु आवश्यक
शहरको तापमान नियन्त्रणका लागि बिभिन्न रणनितिहरु अपनाईदै आएका छन् । जस्तैः बृक्षारोपण, भवनहरुको शतहको परावर्तक क्षमता (अल्बेडो )बढाउने र शितलनका सामाग्रीहरुको प्रयोग गरी गर्मिको प्रभावलाई सिमित गर्न सक्छन् ।
अनुसन्धान कर्ताहरुले मौसम अनुकुल दृष्टिकोणबाट यी उपायहरु कार्यान्वयन गर्न सुझाव दिएका छन् । ताकी कुनै मौसममा राहत दिदा अर्को मौसमको जोखिम नबढोस ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया