दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा
मोरङ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ । यहाँको कटहरी गाउँपालिका–२ स्थित हल्दिबारीमा २० बिघा जमिनमा रु दुई अर्ब लागतमा २०० श्ययाको सो अस्पताल सञ्चालनमा ल्याइएको हो ।
जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्न अस्पताल सञ्चालनमा ल्याएको जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।
अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने अध्यक्ष मण्डलले बताए । अस्पताल निर्माणका लागि रु एक अर्ब ३० करोड जीवन समाजको र रु ७० करोड बैंकबाट ऋण लिएर लगानी गरिएको छ ।
कोशी प्रदेशको तराईका दक्षिण क्षेत्रका रहेका विपन्न वर्ग जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु(याउने उद्देश्य राखी फाउण्डेशनको स्थापना गरिएको सङ्घीय सांसदसमेत रहनुभएका मण्डलले बताए ।
अस्पतालले सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति रहेको जनाएको छ । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन सञ्चालनमा ल्याउने गरी सेवाहरु थप विस्तार गर्दै लैजाने तयारी गरिएको छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया