प्रदेश अस्पताल दमौलीलाई पचास शय्यामा स्तरोन्नति गरिँदै
दमौली (तनहुँ) । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
हाल दमौली अस्पताल १५ शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोहीअनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार १५ शय्या स्वीकृतिको अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ ।
अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डा बरालले बताए । उनले भने, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।”
उनका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । विशेषत्र चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, १३ जना अन्य प्रविधिक र २२ जना सहायक सेवामा कार्यरत रहेका उनले जानकारी दिए ।
अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा बरालले बताए । विसं २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहरपानी र फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहित भवन निर्माण, आँखासम्बन्धी सेवा सञ्चालन, अत्यधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्यधुनिक ल्याब, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएको दुई वटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया