भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ ।
अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । निःशुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका–७ का स्थानीय जगत श्रेष्ठले बताए । “भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन सकेका थिएनौँ, निःशुल्क स्वास्थ्य शिविरमार्फत उपचार गर्न पायौँ”, उनले भने ।
वडाको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास्थ्य बिमाबापत वार्षिक रु तीन हजार ५०० मध्ये रु दुई हजार ५०० वडाले र बाँकी रु एक हजार नागरिक स्वयंले व्यहोर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया