भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ ।
अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । निःशुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका–७ का स्थानीय जगत श्रेष्ठले बताए । “भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन सकेका थिएनौँ, निःशुल्क स्वास्थ्य शिविरमार्फत उपचार गर्न पायौँ”, उनले भने ।
वडाको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास्थ्य बिमाबापत वार्षिक रु तीन हजार ५०० मध्ये रु दुई हजार ५०० वडाले र बाँकी रु एक हजार नागरिक स्वयंले व्यहोर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया