जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा शुभारम्भ
दमौली (तनहुँ)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवाको शुभारम्भ गरेका छन् ।
लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा केन्द्रमा सो सेवा थालनी गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । यसअघि तीन उपकरणबाट परीक्षणसमेत सफल भएको जनाइएको छ । सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाको बक्यौता रकममध्ये २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुने जानकारी दिएका छन्।
“स्वास्थ्य बीमाको कूल बक्यौता रकमको २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुन्छ”, मन्त्री पौडेलले भने “वैशाख महिनासम्मको यदाकदा बाहेक भुक्तानी भइसकेको छ, अब साउन महिनासम्मको भुक्तानी हुन्छ ।” मुटु उपचार सेवा विस्तार, क्यान्सर र मिर्गौला प्रत्यारोपण कार्यलाई सात वटै प्रदेशमा पु¥याउने लक्ष्यसहित अघि बढिएको उनले बताए । उनले भने, “यसै आर्थिक वर्षभित्र ती काम पूर्णता पाउने गरी काम गर्न लागिएको छ ।”
जीपी श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा उपलव्ध भएसँगै मिर्गौलाका बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भएको छ । शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामील डायलासिसका लागि चितवन, पोखरा र काठमाडौँलगायतका लामो दुरी जानुपर्ने बाध्यता रहेको थियो ।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले भने, “पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौँ । त्यसमा दैनिक पाँच जनालाई सेवा दिन सक्नेछौं।” डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइसकिएको छ ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ ।
अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।
- # #जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र
- # #डायलासिस सेवा
- # #प्रदीप पौडेल
- # स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया