सुदूरपश्चिम प्रदेशका ३ प्रादेशिक अस्पतालमा व्यवस्थापन समितिका पदाधिकारी नियुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा ब्यबस्थापन समितिका पदाधिकारी नियुक्त परेको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरिएको जानकारी दिए ।
समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त भएका छन् । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उनले बताए ।
यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामी नियुक्त गरिएको छ । समितिको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, महादेव भट्ट, वसन्ती पाण्डेय र कमलापति जोशी नियुक्त भएका छन् ।
यस्तै, कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त भएका छन् । समितिको सदस्यमा शशिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमालय स्वाँर नियुक्त भएका हुन् ।
मन्त्रालयका सचिव रेग्मीका अनुसार यी अस्पतालमा करिब एक वर्षदेखि व्यवस्थापन समितिका पद रिक्त रहेका थिए । सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन गठन आदेशअनुसार मन्त्रिस्तरीय निर्णयबाट समितिका पदाधिकारी नियुक्त गरिएका हुन् ।
अब प्रदेशका विभिन्न छ जिल्ला अस्पताल, टीकापुर अस्पताल र महाकाली प्रदेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गर्न बाँकी रहेको जनाइएको छ ।
- # जोगबुढा प्रादेशिक अस्पताल
- # लम्की प्रादेशिक अस्पताल
- # सामाजिक विकास मन्त्रालय
- # सुदूरपश्चिम प्रदेश सरकार
- # सेती प्रादेशिक अस्पताल
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया