Techie IT
  • आईतबार, चैत्र २२, २०८२ / Monday, April 6, 2026
गृहपृष्ठप्रदेशकैलाली ५ बाट जनस्वास्थ्य अभियान्ता डा चन्द विजयी

कैलाली ५ बाट जनस्वास्थ्य अभियान्ता डा चन्द विजयी


धनगढी ।  कैलाली निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनस्वास्थ्य अभियान्ता डा .आनन्द बहादुर चन्द विजयी भएका छन् । प्रतिनिधिसभा  निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

चन्दले काठमाडौं महानगरपालिकामा बालेन शाहको कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा सहयोग गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका उपप्राध्यापक रहिसकेका चन्दले रसायन शास्त्रमा बिद्यावारिधि गरेका छन् ।

चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन् ।

उनी लामो समयदेखि नसर्ने रोगको रोकथाम तथा नियन्त्रण, सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!