Techie IT
  • मंगलबार, चैत्र २४, २०८२ / Tuesday, April 7, 2026
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति

सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति


धनगढी  । सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रादेशिक अस्पताल तथा स्वास्थ्य निर्देशनालयमा रिक्त रहेको नवौं तहको अस्पताल नर्सिङ प्रशासक पदमा पदपूर्ति गरिएको छ ।

प्रदेश लोक सेवा आयोगले दुई दरबन्दीमा फाइल बढुवा तथा एक दरबन्दीमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरेको हो ।

फाइल बढुवाबाट कमला बिष्ट र सिमा शर्मा नियुक्त भएका छन् भने खुला प्रतिस्पर्धाबाट ललिता भट्ट नर्सिङ प्रशासक पदमा सिफारिस भएकी छन् ।

फाइल बढुवाबाट नियुक्त कमला बिष्टलाई सेती प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ । हाल अध्ययन बिदामा रहेकी सिमा शर्मालाई स्वास्थ्य निर्देशनालयमा पदस्थापन गरिएको छ ।

खुला प्रतिस्पर्धाबाट सिफारिस भएकी ललिता भट्टलाई महाकाली प्रादेशिक अस्पतालमा पदस्थापन गरेको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!