Techie IT
  • आईतबार, चैत्र २२, २०८२ / Sunday, April 5, 2026
गृहपृष्ठप्रदेशशहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक

शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी


धनगढी । कैलालीस्थित गेटामा सञ्चालनमा आएको नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ । शैक्षिक कार्यक्रम सञ्चालनका लागि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले २६ जना प्राध्यापक र ५१ जना उप–प्राध्यापक माग गरेको हो ।

विश्वविद्यालयले विभिन्न संकायका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भईरहको छ । जसका लागि विभिन्न पदहरूमा करारमा जनशक्ति माग गरेको हो ।

शुक्रबार विश्विद्यालयले सूचना प्रकाशित गर्दै विभिन्न पदमा प्राध्यापक र उपप्राध्यापक माग गरेको हो ।

सूचना अनुसार, एनाटोमी–१, फिजियोलोजी–१, प्याथोलोजी–१, माइक्रोबायोलोजी–१, बायोकेमेस्ट्रि–१, कम्युनिटि मेडिसिन–१, फरेन्सिकि मेडिसिन–१, फर्मौकोलोजी–१, नर्सिङ–१, इन्टरनल मेडिसिन–२, ईएनटी–१, अब्स एण्ड गाईनो –१, जनरल सर्जरी–२ , एनेस्थेसियोलोजी–२, डर्माटोलोजि–२, डेन्टल सर्जरी–१, पेडियाट्रीक्स–१, रेडीयोलोजी–१, साईक्याट्री–१, अर्थोपेडिक्स–१, जनरल प्राक्टिस–१, अप्थाल्मोलोजी–१, मेडिकल एजुकेशन–१ गरी प्राध्यापक तथा सह प्राध्यापकको माग गरेको छ ।

त्यस्तै, विश्वविद्यालयले उपप्राध्यापक पदमा एनाटोमी–२, फिजियोलोजी–२, प्याथोलोजी–२, माईक्रोबायोलोजी–२, बायोकेमेस्ट्रि–२,कम्युनिटी मेडिसिन–२, फरेन्सिकि मेडिसिन–२, फर्मौकोलोजि–२, नर्सिङ–२, इन्टरनल मेडिसिन–३, ईएनटी–२, अब्स एण्ड गाईनो –३, जनरल सर्जरी–३्, एनेस्थेसियोलोजी–२, डर्माटोलोजी–२, डेन्टल सर्जरी–२, पेडियाट्रिक्स–३, रेडियोलोजी–२ , साईक्याट्रि–२ , अर्थोपेडिक्स –३, जनरल प्राक्टिस–२, अप्थाल्मोलोजी–२, मेडिकल एजुकेशन–२ पदमा आवेदन माग गरेको छ ।

यसका साथै विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने कानुन निर्माणको काम पनि भइरहेको जानकारी गराइएको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!