सेती प्रादेशिक अस्पतालले माग्यो ३१ नर्सिङ कर्मचारी
धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालले ३१ जना नर्सिङ कर्मचारी भर्ना गर्नका लागि आवेदन खुला गरेको छ ।
अस्पतालले सूचना प्रकाशित गर्दै स्टाफ नर्स र अ.न.मी. पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
जारी सूचना अनुसार स्टाफ नर्स पाँचौँ तहमा १३ जना र अ.न.मी. चौथो तहमा १८ जना गरी जम्मा ३१ जना जनशक्ति आवश्यक रहेको जनाएको छ । । दरखास्त दस्तुर स्टाफ नर्स पदका लागि ७ सय रुपैयाँ र अ.न.मी. पदका लागि ५ सय रुपैयाँ तोकिएको छ ।
सूचना प्रकाशित मितिले १५ दिनभित्र अर्थात् २०८२ साल फागुन ५ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाइ सक्नु पर्नेछ ।
लिखित परीक्षाको मिति र स्थान पछि प्रकाशित गरिने सूचनामार्फत जानकारी गराइने अस्पतालले जनाएको छ ।
छनोट प्रक्रिया करार सेवा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ अनुसार हुने उल्लेख गरिएको छ ।

ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया